मुर्दाघाट निर्माण सुरु

इनेप्लिज २०७१ चैत १३ गते ३:२८ मा प्रकाशित

Morang_district_location_mapमोरङ(पथरी), १३ चैत । मोरङका ग्रामीण क्षेत्रमा रु २५ लाखको लगानीमा मुर्दाघाट निर्माण सुरु भएको छ ।

दाहसंस्कार स्थलको अभाव झेल्दै आएका दर्वेसावासीको श्रमदानबाट स्थानीय बक्राहा खोलाको किनारमा दाहासंस्कार स्थल निर्माण गर्न थालिएको हो ।

व्यवस्थित दाहसंस्कार स्थल निर्माण गरिदिन सरकारसँग अनुरोध गर्दा सुनुवाइ नगरेपछि श्रमदानबाटै निर्माण प्रक्रिया अघि बढाएको उपभोक्ता समितिका अध्यक्ष भानुभक्त थापाले बताउनुभयो ।

उहाँका अनुसार अहिले मलामी विश्रामस्थल निर्माण भइरहेको र सो सकिएपछि घाटको काम सुरु हुने छ ।

प्रतिक्रिया