यार्सागुम्बा सङ्कलनका लागि लाङटाङ राष्ट्रिय निकुञ्जले अनुमति दिने

इनेप्लिज २०७१ चैत १२ गते ४:४३ मा प्रकाशित

yarsagumba0.gifमेलम्ची, १२ चैत । रसुवा, नुवाकोट र सिन्धुपाल्चोकको भू–भाग समेटेको लाङटाङ राष्ट्रिय निकुञ्जले निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने स्थानीय वासिन्दालाई यार्सागुम्बा सङ्कलनका लागि इजाजत दिने भएको छ ।

सरकारले हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०७१ मा यार्सागुम्बा सङ्कलन अनुमति दिनका लागि निर्देशन दिएअनुसार लाङटाङ राष्ट्रिय निकुञ्जले यार्सागुम्बा सङ्कलन अनुमतिपत्र दिएको निकुञ्जका सहायक संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो ।

एक मौसममा बढीमा ३० दिनसम्मका लागि यार्सागुम्बा तथा वनस्पति विक्री वितरणका लागि सङ्कलन गर्न अनुमति दिइनेसमेत उपाध्यायले बताउनुभयो ।

राष्ट्रिय निकुञ्ज नियमावली संशोधनले निकुञ्ज क्षेत्रभित्र पर्ने यार्सागुम्बा तथा वनस्पति विक्री वितरणका लागि सङ्कलन इजाजत दिने व्यवस्था गरेको हो ।

प्रतिक्रिया