दमक, १२ चैत । झापाको दमक–१२ स्थित हनुमान मन्दिरनजिकै फेन्सी पसल गर्दै आएका एक भारतीय व्यापारी लाखौं रुपैया ठगेर फरार भएका छन् ।
केही वर्षदेखि फेन्सी कपडाको व्यापार गर्दै आएका भारतको कुचविहार घर बताउने निखिल नाथ लाखौं रुपैयाँ ठगी गरेर फरार भएका हुन् ।
चालीस वर्षीय नाथ पाँच वर्षदेखि सो स्थानमा डेरा बसेर व्यापार गर्दै आएका थिए । उनले स्थानीय द एभरेस्ट बचत तथा ऋण सहकारी संस्था र एकजुट कृषि सहकारी संस्थासहित विभिन्न व्यक्तिहरुसँग सरसापटीस्वरुप ब्याजमा सापटी लिएको लाखौं रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।
रु तीस लाखभन्दा बढी रकम लिएर करिब दुई सातादेखि परिवारसहित सम्पर्कविहीन भएको पीडितहरुले बताएका छन् ।
उनीहरुले फरार नाथको खोजी गरी पक्राउ गर्न प्रहरीसँग माग पनि गरेका छन् ।
प्रतिक्रिया