धनुषाको विद्यालयमा भएको हिंसात्मक घटनाको छानबिन माग
काठमाडौँ, ११ चैत । धनुषाको एक सामुदायिक विद्यालयको जग्गाको विषयमा विवादका कारण झडप हुँदा दुईको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन गर्न र विद्यालयलाई राजनीतिबाट मुक्त राख्न अभिभावक तथा व्यवस्थापन समितिसँग सरोकार भएका संस्थाले माग गरेका छन् ।
यही चैत ९ गते धनुषाको मदन आश्रित निम्नमाध्यमिक विद्यालय, सबैलाको व्यवस्थापन समितिभित्र विवाद बढेपछिको भिडन्तमा स्थानीय रामसेवक राउत र रामप्रकाश यादवको मृत्यु भएको थियो ।
अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले घटना दुःखद्, निन्दनीय र विद्यालय शान्ति क्षेत्र विरोधी भएको भन्दै यसले विद्यालय व्यवस्थापन समितिको गठन विधिमै पुनःविचार गर्नुपर्ने देखाएको बताउनुभयो ।
अध्यक्ष भण्डारीले रासससँग कुरा गर्दै लामो समयदेखि स्थानीय निर्वाचन नहुनु, अस्थायी शिक्षक नियुक्तिको अधिकार व्यवस्थापन समितिलाई दिइनु र विद्यालयको स्रोतमाथि राजनीति दलको आँखा लाग्नुले समस्या निम्तिएको हो भन्नुभयो ।
यस्तै नेपाल सामुदायिक विद्यालय व्यवस्थापन समिति सङ्घका महासचिव मोहन खतिवडाले घटनाको छानबिन भई दोषीलाई कारबाहीे र विद्यालयमा भइरहेको अति राजनीतिकरण अन्त्य हुनुपर्ने माग गर्नुभयो । सङ्घका तर्फबाट पनि घटनाको स्वतन्त्र अध्ययन गरिने उहाँले बताउनुभयो ।
उत्तर क्यारोलाइनाकी एक महिलाले कोरोना सहायता ऋणबाट गरगहना,हिरा र महङ्गा समान खरिद गर्दा अदालतमा
डिसीकी नगर प्रमुख म्युरिएल बाउजरकी दिदीको कोरोनाको जटिलताबाट निधन,मर्मस्पर्शी वक्तब्य
द्रुतगतिमा गाडी चलाएका टाइगर वुड्सको खुट्टामा फलामे डन्डी राखियो,वुडको स्वास्थ्यमा सुधार
जोन्सन एण्ड जोन्सनको कोभिड-१९ बिरुद्ध एकल खोपले गम्भीर कोरोनाको रोकथाम हुने : एफडिए
टाइगर वुडले द्रुतगतिमा गाडी चलाउदा दुर्घटना हुँदा बालबाल बचे ,दुवै खुट्टामा गम्भीर चोटपटक
प्रतिक्रिया