एक गाग्री पानीका लागि दुई घन्टा हिँड्न बाध्य न्वालपानीवासी
इनेप्लिज
२०७१ चैत ११ गते ५:४४ मा प्रकाशित
गोकुलेश्वर (दार्चुला), ११ चैत । दार्चुलाको भगवती गाविस– ७ न्वालपानी गाउँका स्थानीयलाई खानेपानीका लागि दुई घन्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ ।
गाउँमा रहेको एउटा मात्र न्वालामा पानी सुकेपछि स्थानीय एक गाग्री पानी ल्याउन दुई घन्टाको दूरीमा रहेको किरमुले पुग्नुपर्ने बाध्य भएको हो ।
न्वालपानीमा गर्मियामका तीन महिना पानीको अभाव हुने गरेको छ । दुई घन्टा हिँडेर ल्याएको पानी पिउनलाई समेत नपुग्ने भएपछि पशुचौपाया र चर्पी प्रयोगका साथै दैनिक सरसफाइमा समेत समस्या भएको न्वालपानीका स्थानीय उद्धवसिंह विष्टले बताउनुभयो ।
बालबालिका तथा वयस्क पानीको जोहो गर्न बिहानैदेखि किरमुले लाग्ने भएकाले घरमा असक्त तथा ज्येष्ठ नागरिक मात्रै बस्ने गर्दछन् ।
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
राजधानी मन्दिरमा नेपाली पण्डित मोतिलाल शर्माबाट— स्वस्थानीको सॉगे (भिडियोसहित)
अमेरिकाको मिसिगनमा १४ बर्षिय किशोरीले हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ
एफडिएले अमेरिकामा जोन्सन एण्ड जोन्सन सहित कूल तीन खोप बनाउने प्रतिष्ठानलाई आपतकालीन प्रयोग गर्न खोपको स्वीकृत
प्रतिक्रिया