आइतबार, मंसिर २१ २०७७
काठमाडौं ०४:२३
वासिङटन डिसी 17:38

दाङमा आठ सयभन्दा बढी क्षयरोगका बिरामी

इनेप्लिज २०७१ चैत ११ गते ५:२८ मा प्रकाशित

तुलसीपुर (दाङ), ११ चैत । दाङमा ८४४ जना क्षयरोगी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख जनार्दन गौतमले दिनुभएको जानकारीअनुसार ती सङ्ख्यामा रहेका क्षयरोगीले जिल्ला ४१ स्वास्थ्य संस्थाबाट औषधि सेवन गरिरहेका छन् ।

यसैबीच क्षयरोग दिवसका अवसरमा सामुदायिक उत्थान तथा परिवर्तन समाज दाङले हिजो समाजको निगरानीमा बसेर औषधि खाइरहेका क्षयरोगका सात जना बिरामीलाई फलफूल वितरण गरेको थियो ।

दिवसकै अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालयले घोराहीमा सचेतना ¥यालीको समेत आयोजना गरेको थियो ।

प्रतिक्रिया