मंगलबार, मंसिर ९ २०७७
काठमाडौं ०३:०९
वासिङटन डिसी 16:24

आगलागीबाट करिब सत्ताइस करोड बराबरको क्षति

इनेप्लिज २०७१ चैत १० गते १३:५३ मा प्रकाशित

aagoभद्रपुर, १० चैत । ताप्लेजुङको फुङ्लिङ बजारमा हिजो साँझ भएको आगलागीमा करिब २७ करोड बराबरको धनजनको क्षति भएको प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको प्रारम्भिक अनुमानअनुसार आगलागीमा ३७ वटा घर पूर्णरुपमा जलेर नष्ट भएको र आगो फैलिन नदिन सातवटा घर भत्काइएको थियो ।

आगलागी पूर्वेली होटलबाट ग्यास चुहावट भएर सुरु भएको थियो । आगलागी भएको सबै घरमा पसल सञ्चालनमा रहेकाले बढी धनजनको क्षति भएको ताप्लेजुङका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया