नौ वर्षदेखि आठ वटा छोटी भन्सार कार्यालय बन्द
दमक, १० चैत । भारतसँगको सीमा जोडिएका मेची भन्सार अन्तर्गतका आठ स्थानमा छोटी भन्सार कार्यालय नौ वर्षदेखि बन्द छन् ।
सशस्त्र द्वन्द्वका क्रममा विस्थापित भएका छोटी भन्सार कार्यालय हालसम्म बन्द अवस्थामा नै छन् । यस्ता छोटी भन्सार कार्यालय बन्द भएपछि सो क्षेत्रबाट अवैध रुपमा तस्करी हुँदै आएको स्थानीयवासीको भनाइ छ ।
यसअघि मेचीका चारवटा छोटी भन्सार कार्यालय शान्ति प्रक्रियासँगै पुनः स्थापना भएका थिए । आयात निर्यात हुने सामानको निगरानी राख्ने र आवश्यकता अनुसार भन्सार महसुल असुलेर सरकारको राजस्व लक्ष्यमा सहयोग पुर्याउने जिम्मेवारी भएका ८ वटा छोटी भन्सार कार्यालयमा कर्मचारी बस्दैनन् ।
भन्सार कार्यालयको नाममा रहेका कतिपय भौतिक पूर्वाधारको समेत संरक्षण हुनसकेको छैन । प्रायः पूर्वाधार जीर्ण भइसकेका छन् ।
मेची भन्सार कार्यालयका प्रमुख मुक्ति पाण्डेका अनुसार १२ वटा छोटी भन्सारमध्ये खजुरगाछी, भद्रपुर, नकलबन्दा र बाहुनडाँगी छोटी भन्सार मात्रै अहिले चालु छन् ।
सीमाका भारतीय बजार दिघल बैंकसँग जोडिएको कुमरखोद (झापा बजार), माहाभारा, केचना, सती घट्टालगायतका छोटी भन्सार कार्यालय बन्द हुँदा लाखौंँ मूल्यका सामान भन्सार छली ओसारपसार हुने क्रमले प्रोत्साहन पाएको स्थानीयवासीको आरोप छ ।
क्यालिफोर्निया गाडीहरु एक आपसमा ठोकिदा १५ जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध यौन उत्पीडनमा परेको भन्दै तेश्रो महिलाको आरोप
न्यूयोर्कको अदालतका एक प्रहरीद्वारा शौचालयमा आफै गोली हानी आत्महत्या
अमेरिकाको टेनेसीमा नदीमा आएको बाढीले गाडी भित्र फसेका ५ जनाको सकुसल उद्धार
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
प्रतिक्रिया