मंगलबार, मंसिर ९ २०७७
काठमाडौं ०४:००
वासिङटन डिसी 17:15

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

इनेप्लिज २०७१ चैत १० गते ४:२५ मा प्रकाशित

कावासोती, १० चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको नयाँबेलाहानीमा गएराति बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार नयाँबेलाहानी–८ का ३५ वर्षीय ठाकुरप्रसाद पाठकको दुर्घटनामा मृत्यु भएको हो । राति १ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना३ख २३४३ नम्बरको बसको ठक्करबाट घाइते पाठकको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको हो । ठक्कर दिने बस र बसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया