कृषिका लागि ट्र्याक्टर वितरण गरिने

इनेप्लिज २०७१ चैत १० गते ४:०१ मा प्रकाशित

tractor_610418047मेलम्ची, १० चैत । सिन्धुपाल्चोक जिल्लामा परम्परागत खेती प्रणालीभन्दा आधुनिक खेती गर्ने प्रणालीको विकास गर्ने हेतुले जिल्ला कृषि विकास कार्यालयले यस वर्ष जिल्लाका किसानलाई कृषिका ट्र्याक्टर वितरण गर्ने भएकोछ ।

कृषि प्रसार कार्यक्रमअन्तर्गत हाते ट्र्याक्टर २१ वटा, ठूलो क्षमताको तीन र मध्य पहाडी बृहत्तर मकै उत्पादन कार्यक्रमअन्तर्गत ठूलो क्षमताको चारवटा ट्र्याक्टर वितरण गर्न लागिएको हो । करिब रु ३८ हजारदेखि ५० हजारसम्म मूल्य पर्ने हाते ट्र्याक्टर रु एक लाख २० हजार मूल्य पर्ने ठूलो क्षमताको ट्र्याक्टर प्रदान गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

ट्र्याक्टरले खेतबारी सजिलै जोत्न सकिने भएकाले र समय र खर्चमा पनि बचत हुने भएकाले यसको प्रयोग बढेको हो । अहिले मेलम्ची, शिखरपुर, किदला, भीमटारलगायत स्थानमा ट्र्याक्टरले जोतेर खेतीपाती लगाउने गरेका छन् ।

प्रतिक्रिया