बर्दियामा पाटेबाघ बढ्दै

इनेप्लिज २०७१ चैत १० गते ३:०३ मा प्रकाशित

Bardiya_district_locationगुलरिया (बर्दिया), १० चैत । उचित बासस्थान, प्रशस्त आहार र प्रजातिको प्राप्तिसँगै बाघको सङ्ख्या दोब्बर हुने अनुमान बर्दिया राष्ट्रिय निकुञ्जले गरेको छ ।

बाघ बढेसँगै समुदायमा मानव र बाघको द्वन्द्व नहुने बताइए पनि मानव र बाघको द्वन्द्व बढ्ने देखिन्छ । बाघको संरक्षणसँगै मानवको संरक्षणका लागि राज्यले व्यवस्थापन गर्नुपर्ने सरकारी अधिकारीको भनाइ छ ।

बाघ संरक्षणका लागि नदी तटीय बासस्थान, घाँसेमैदानले गर्दा बाघ दोब्बर हुने देखिएको छ । नेपालमा जैविक विविधताको संरक्षणमा समुदायको परिश्रम, दातृ निकायको सहयोग, सरकारको लगानी ,शून्य चोरी–सिकारीका कारण आइयुसिएनले रातो सूचीमा राखेको सङ्कटपूर्ण अवस्थामा रहेको प्यान्थेरा आइग्रिस प्रजातिका पाटेबाघको सङ्ख्या बढ्दै आएको छ ।

बर्दियामा संरक्षणका लागि घाँसेमैदानको व्यवस्थापन जङ्गलमा जलाशय, बाघका लागि प्रशस्त आहार, प्रजातिमा पहुँचलगायत शून्य चोरी–सिकारीका कारण विश्वबाटै लोप हुने अवस्थामा पुगेको पाटेबाघहरुको सङ्ख्या वृद्धि भएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो बाघ गणनाअनुसार यसको सङ्ख्या ७० पुगेको निकुञ्जको स्रोतले बताएको छ । मानव र वन्यजन्तुबीच द्वन्द्व निम्तन नदिनका लागि राज्यले समुदायको पनि संरक्षण गर्ने नीति बनाउनका लागि राज्यले सोच्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया