प्रत्येक ३८ दिनमा एक महिलाको कुरीतिका कारण हत्या
काठमाडौँ, १० चैत । एक अध्ययनले समाजमा व्याप्त कुरीतिका कारण प्रत्येक ३८ दिनमा एक महिलाको हत्या हुने गरेको देखाएको छ ।
जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा मानवतावादी समाज (सोच) नेपालले यहाँ आयोजना गरेको ‘नयाँ संविधान र कुरीति’ विषयक अन्तरक्रियामा प्रस्तुत गरिएको अध्ययनले सामाजिक रुपमा रहेको जातीय विभेद, बोक्सीको आरोप, बहुविवाह, छाउपडी, दाइजो प्रथाजस्ता कुुरीतिका कारण महिलाको हत्या हुने गरेको जानकारी दिइयो ।
सोचका कार्यकारी निर्देशक उत्तम निरौलाले कार्यपत्र प्रस्तुत गर्दै समाजमा रहेका यस्ता कुरीतिको अन्त्य गर्ने खालको कानुन बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागी मानवअधिकारकर्मी चरण प्रसार्इं, मनु विक, साहित्यकार दामोदर पुडासैनी, चन्द्रिका भट्टराई, अधिवक्ता पार्वती राउतलगायतले कुरीतिविरुद्व कडा कानुन बनाउन सभासद्लाई सुझाव दिनु भयो ।
सभासद्हरु रञ्जु झा, भरत साउद, सीता गुरुङ, तुलसा राना, सकुन्तला राजभण्डारी, आशा यादवलगायतले अब बन्ने संविधानमा धर्म र संस्कृतिको नाममा समाजमा विद्यमान कुरीतिलाई जगेर्ना गर्ने खालको नहुनेमा विश्वास गर्न आग्रह गर्नुभयो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया