मंगलबार, मंसिर ९ २०७७
काठमाडौं १८:०६
वासिङटन डिसी 07:21

युएनको गाडीको ठक्करले बालकको मृत्यु

इनेप्लिज २०७१ चैत १० गते १:२८ मा प्रकाशित

भीमदत्तनगर, १० चैत । युएनको गाडीको ठक्करले कञ्चनपुरको बेलौरी नगरपालिकाका एक बालकको सोमबार दिउँसो मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीले दिएको जानकारीअनुसार युएनको ६६–१–१३–१५ नम्बरको जिपले ठक्कर दिँदा बेलौरी नगरपालिका–६ दुम्ली खैरानाका–८ वर्षीय बालक सुवास भट्टको मृत्यु भएको हो ।

गाडीले ठक्कर दिएका बालकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा ल्याउने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक युवराज भण्डारीले बताउनुभयो । गाडी र चालक प्रहरीको नियन्त्रणमा छ भने शव बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

प्रतिक्रिया