ट्याङ्करको ठक्करबाट मृत्यु

इनेप्लिज २०७१ चैत १० गते १:२६ मा प्रकाशित

accidentचितवन, १० चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको पिप्लेमा ट्याङ्करले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

पिप्ले गाविस–७ गड्यौलीमा सोमबार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एच ३८ एल ४३७२ नम्बरको भारतीय ग्यास ट्याङ्करले पैदल यात्री स्थानीयवासी ५४ वर्षीय विष्णुबहादुर श्रेष्ठलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ट्याङ्करको ठक्करबाट गम्भीर घाइते श्रेष्ठको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । शव परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको छ । ठक्कर दिने ट्याङ्कर र चालक इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया