लागुऔषध बिक्री वितरण गर्ने सिनियर अहेब पक्राउ
इनेप्लिज
२०७१ चैत ९ गते ७:५२ मा प्रकाशित
गोलबजार (सिरहा), ९ चैत । लागुऔषध बिक्री वितरण गर्ने एक स्वास्थ्यकर्मी सिरहामा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरी खड्गपुर–५ घर भई हाल सिरहाको सिक्रोन उपस्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेब अनरुद सेठ रहेका छन् ।
सेठले सञ्चालन गरेको औषधि पसल र डेराबाट लागुऔषध फेला परेपछि आइतबार उहाँलाई पक्राउ गरी आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सेठको औषधि पसल र डेराबाट लागुऔषध फोर्टवीन–२५१ एम्पुल, नाइट्रोसन ५० ट्याबलेट, डाइजेल्याप १८ एम्पुल, फेनारगन १९ एम्पुल र नुफिन २२ एम्पुल बरामद भएको छ ।
एनआरएनएमा सुवेदीको उम्मेदवारी
एसियन अमेरिकन माथि आक्रमण भएको बिरोधमा न्यूयोर्कमा जुलुस प्रदर्शन
डिसीमा प्रहरीहरुलाई हतियार सहित आक्रमण गर्न आउने आक्रमणकारीलाई गोली प्रहार
अमेरिकाज क्षेत्रका संयोजक त्रिपाठीले प्रमाणित नभएका २०९३ मतदाता सम्बन्धि अन्तिम प्रतिबेदन आइसीसीमा बुझाए
लेडी गागाका हिंसात्मक अपहरणमा परेका दुई कुकुर सकुसल र सुरक्षित रुपमा प्राप्त
प्रतिक्रिया