अग्निपीडितले कतैबाट सहयोग नपाएको गुनासो

इनेप्लिज २०७१ चैत ९ गते ४:३५ मा प्रकाशित

aagoपाँचथर, ९ चैत । पाँचथरको रानीगाउँ–९ मा भएको आगलागीबाट लाखौँ रुपैयाँको क्षति हुँदासमेत कतैबाट पनि सहयोग रकम नपाएको अग्निपीडितले गुनासो गरेका छन् ।

गत शनिबार राति जङ्गलमा लागेको आगो बस्तीमा फैलिँदा स्थानीय धनेश्वर गजुरेल, भवानीप्रसाद गजुरेल, पुण्यप्रसाद गजुरेल र विष्णुप्रसाद गजुरेलको चारवटा पक्की घर पूर्ण रुपमा जलेर नष्ट हुँदा ६२ लाख रुपैयाँबराबरको क्षति भएको थियो । अग्निपीडित धनेश्वर गजुरेलले भन्नुभयो–“न त जिल्लाको दैविक प्रकोप उद्धार समिति, न त रेडक्रस, न कुनै सङ्घसंस्था कतैबाट पनि एक रुपैयाँ राहत सहयोग पाइएन् अहिले घर पूरै जलेर खरानी भयो, छिमेकीको शरण लिएर बसेका छौँ ।”

सबै अग्निपीडितले सबैसित सहयोगको याचना गरेका छन् । बुधबारदेखि जङ्गलमा लागेको आगो बस्तीमा फैलिँदा घरमा भएका लत्ताकपडा, भाँडावर्तन, अन्नपात, पशुचौपाया तथा पक्की घर नै चारवटा जल्दा उक्त मूल्यबराबरको क्षति भएको प्रहरी निरीक्षक तथा सूचना अधिकृत रविराज थपलियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया