नेता कार्यकर्ता रिहाइको माग गर्दै आन्दोलन घोषणा
इनेप्लिज
२०७१ चैत ८ गते १४:४५ मा प्रकाशित
काठमाडौँ, ८ चैत । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आफ्ना नेता कार्यकतालाई पक्राउ गरिएको विरोधमा आन्दोलनका विभिन्न कार्यक्रमहरु घोषणा गरेको छ ।
माओवादीले आज यहाँ पत्रकार सम्मेलन गरी आफ्ना नेता कार्यकर्ताको रिहाइका लागि दबाबस्वरुप आन्दोलनको घोषणा गरेको हो ।
पक्राउ गरिएका नेता कार्यकर्ताको रिहाइसँगै मुलुकमा बढ्दो महङ्गी, भ्रष्ट्राचार, कालोबजारी नियन्त्रणका लागि दबाबस्वरुप आन्दोलनका कार्यक्रम घोषणा गरिएको माओवादीका कार्यालय सचिव गुणराज लोहोनीले जानकारी दिनुभयो ।
गत शुक्रबार लगानी बोर्डका कार्यकारी अधिकृत राधेश पन्तको बाँसबारीस्थित निवासमा कालो झण्डा गाड्ने क्रममा माओवादीका स्थायी समिति सदस्य ईश्वरी दाहाल, पूर्वराज्यमन्त्री पद्म राईसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
टेक्ससका उदियमान र्याप कलाकारको जर्जियाको राजमार्गमा गोलीवारीमा मृत्यु
डिसीका १३ बर्षिय किशोरलाई जबर्जस्ती अर्काको गाडी लुट्ने पाइएकोमा पक्राउ
महिला हिंसा,समस्या र चुनौतीको मात्र कुरा हैन,समाधानको बाटोहरु खोजौ
बाइडेनको १.९ खर्ब डलरको कोरोना राहत सिनेटद्वारा पारित
रक्तदानलाई एनआरएन अभियानसँग जोड्ने मेरो सपना छ : प्रेम श्रेष्ठ
प्रतिक्रिया