एनआरएन अमेरिकाको तेश्रो साधारण सभा समुद्घाटन भब्यताको साथ सम्पन्न

इनेप्लिज २०७१ चैत ७ गते १८:२० मा प्रकाशित

unnamed

वासिङ्टन डिसी- अमेरिकाको डिसी महानगर क्षेत्रमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति अमेरिका (एनआरएन अमेरिका) को तेश्रो साधारण सभा समुद्घाटन कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ । दश हजार ६६३ साधारण सदस्य रहेको एनआरएन अमेरिकाको तेश्रो अधिबेशन मार्च २१-२२ तारिख बीच वासिङ्गटन डिसीमा हुँदैछ ।

दुई दिने अधिवेसन तथा तेश्रो साधारण सभामा सहभागी हुन नेपाल, अमेरिका, क्यानाडा तथा अमेरिका बिभिन्न राज्यहरुबाट ५ सयभन्दा बेशी सदस्य, शुभ चिन्तक तथा अतिथिहरुको उपस्थिति रहेको छ ।

तेश्रो साधारण सभाको उद्घाटन पानसमा दीप प्रज्वलन गरी प्रमुख अतिथि युएस राज्य बिभागका उपसहायक सचिब अतुल केशब, अध्यक्ष खगेन्द्र जिसी तथा तेश्रो साधारण सभा कार्यक्रम संयोजक लोकनाथ तिवारीले संयुक्तरुपमा गरेका थिए ।

IMG_5919

कार्यक्रममा भर्जिनियाको नेपाली पाठशालाका बालबालिकाहरुले नेपाली राष्ट्रिय गीत गएका थिए भने अंग्रेजी राष्ट्रिय गीत प्रकृति देउजाले गाएकी थिइन् ।

कार्यक्रम संयोजक लोकनाथ तिवारीले सबैलाई स्वागत गर्दै एनआरएन अमेरिकाकोबारेमा जानकारी गराएका थिए ।

प्रमुख अतिथि केशबले मन्तब्य ब्यक्त गर्दै आफु नेपाल ३ पटक गएको र नेपाल एक उत्कृष्ठ देश भएको प्रशंसा गरे । उनले सयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ नेपालको भूमिका अतुलनीय छ भन्दै नेपालमा अझ पनि संबिधान बन्न सकेको छैन । संबिधान बन्न त्यति सजिलो छैन भन्दै अमेरिकामा पनि धेरै पटक संबिधान परिवर्तन भएको उल्लेख गर्दै व्हाइट हाउसबाट लेखिएको शुभकामना पत्र पढेर सुनाउनु भएको थियो ।

एनआरएन अमेरिकाको तेश्रो साधारण सभालाई अमेरिकन सरकारका बिभिन्न बिभाग तथा संघ संस्थाका प्रतिनिधि व्यक्तिहरुले शुभ कामना दिएका थिए ।

unnamed (1)

एनआरएन आईसिसि अध्यक्ष शेष घलेको शुभकामना संदेश एनआरएन युएसएका उपाध्यक्ष श्री पराजुलीले पढेर सुनाएका थिए ।

तेश्रो साधारण सभालाई अमेरिकाकालागि कार्यबाहक नेपाली राजदुत ऋषिराम घिमिरेले अधिवेसनको सफलताकोलागि शुभकामना दिएका थिए ।

नेपाल सरकारकातर्फबाट नियुक्त हुनु भएका क्यालिफोर्नियाकालागि अवैतनिक बाणिज्यदूत ऋषि ढकालले युवाहरु परदेश जाने क्रम बढ्दो छ भन्दै अमेरिकामा गलैचा निर्यात गर्न पहल भै रहेको जानकारी दिए । सम्मेलनलाइ अर्का अवैतनिक बाणिज्यदूत प्रेमराजा महतले पनि सम्बोधन गर्दै अधिवेसनको सफलताकोलागि शुभकामना दिएका थिए ।

एनआरएन आइसीसीका संरक्षक डा. अम्बिका अधिकारीले ४ हजार प्रतिसत सदस्य वृद्धि गरेकोमा एनआरएन अमेरिकालाई धन्यबाद दिदै उक्त सदस्यलाई व्यवस्थापन गर्न पनि ४ हजार प्रतिसतले बढाउनु पर्छ भने ।

मन्तब्यकै क्रममा सामाजिक कार्यकर्ता डा. बिष्णुमाया परियारले अधिकांस वक्ताहरु पुरुष मात्र भएकोमा आगामी दिनमा यो कुरामा सुधार गर्नु पर्ने बताईन् ।

unnamed (2)

नेपालबाट भर्खर आई पुगेका नेपाली चलचित्रका महानायक राजेश हमालले एनआरएन सबैको हृदयको निकटतामा बस्न सफल भएको संस्था भएकोले एक पटकको नेपाली सधै नेपाली भन्ने नारा नेपाल सरकारले पनि गम्भीरता पुर्वक लिनु पर्ने बताए ।

लाउडन काउन्टी डेमोक्रेटिक पार्टीका डलस जिल्लाका हरि शर्माले स्थानीय क्षेत्रमा गएर निर्वाचन क्षेत्रमा नाम दर्ता गराउनु पर्ने सुझाब राखे ।

साधारण सभा समुद्घाटन कार्यक्रममा बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तब्य दिएका थिए भने महासचिब कृष्ण पोख्रेल तथा कोषाधक्ष्य बेधराज बस्नेतले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

एनआरएन एनसीसी अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीले केहि महत्वपूर्ण काम गर्न सफल भएको र केहि काम गर्न अझ बाकी रहेको जानकारी गराए । अध्यक्ष जिसीले नेपालमा चाडोभन्दा चाडो सबिधान बनोस भनि जोडदार माग गर्दै सहभागी सबैलाई आभार व्यक्त गरे ।

प्रतिक्रिया