खानेपानीका लागि ट्याङ्की निर्माण
इनेप्लिज
२०७१ चैत ७ गते ६:२७ मा प्रकाशित
रौतहट, ७ चैत । रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित गैंडाटारमा खानेपानीका लागि ट्याङ्की निर्माण गरिने भएको छ ।
सो स्थानमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रौतहटले २२५ घनमिटरको ट्याङ्की निर्माण गर्न लागेको हो ।
वर्षायामको समयका साथै गर्मी मौसममा पनि स्वच्छ खानेपानीको अभाव हुने गरेको गैंडाटार क्षेत्रका स्थानीय बासिन्दाले वर्षौदेखि खानेपानीको समस्या समाधान गर्न सम्बन्धित निकायसमक्ष माग गर्दै आएका थिए ।
उक्त स्थानमा खानेपानीको लागि सफल परीक्षणसमेत पूरा भइसकेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष हरि आचार्यले बताउनुभयो ।
खानेपानीको ट्याङ्की निर्माणपछि सो क्षेत्रका करिब ८०० उपभोक्ता लाभान्वित हुने बताइएको छ ।
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
मेरिल्याण्डका पूर्व प्रहरी प्रमुखलाई शृंखलाबद्ध रुपमा दर्जनौ घरमा आगजानी लगाएको आरोपमा पक्राउ
प्रतिक्रिया