आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०२:१३
वासिङटन डिसी 15:28

कालोझण्डा गाड्ने १७ माओवादी नेता, कार्यकर्ता पक्राउ

इनेप्लिज २०७१ चैत ७ गते ०:३८ मा प्रकाशित

kalo-jhandaaकाठमाडौँ, ७ चैत । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तको बाँसबाबरीस्थित निवासमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा–माओवादीका नेता कार्यकर्ताले हिजो कालो झण्डा गाडेका छन् ।

पन्तको निवासमा कालो झण्डा गाडेर फर्कने क्रममा माओवादीका नेता, कार्यकतालाई प्रहरीले पक्राउ गरेको छ ।

पन्तको निवासमा चेतावनी कार्यक्रमस्वरुप कालोझण्डा गाडेर फर्कने क्रममा प्रहरीले आफ्ना १७ जना नेता, कार्यकर्तालाई पक्राउ गरेको माओवादी कार्यालय सचिव गुणराज लोहनीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउपर्नेमा पोलिटब्यूरो सदस्य असारे काका, पूर्वमन्त्री पदम राईसहितका नेता कार्यकर्ता रहेका छन् । उनीहरुलाई हनुमानढोकामा राखिएको छ ।

बोर्डका कार्यकारी अधिकृत पन्तले माथिल्लो कर्णालीलगायत विभिन्न जलविद्युत् आयोजनामा सभ्झौता गरेको विरोधमा कालो झण्डा गाडिएको माओवादीले जनाएको छ ।

प्रतिक्रिया