दुर्गम गाविस भगवतीमा आगलागी, तीन घाइते

इनेप्लिज २०७१ चैत ६ गते ११:३० मा प्रकाशित

aaglagi1जाजरकोट, ६ चैत । यस जिल्लाको भगवती गाविसको सिउन भन्ने गाउँमा एक घरमा आगलागी हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

प्रहरी चौकी पनि रग्दा गाविसमा रहेको र चौकीबाट एक दिन टाढा पैदल हिँड्नुपर्ने भएकाले घटनास्थलसम्म अझै प्रहरी पुग्न सकेको छैन । टेलिफोन सेवा अवरुद्ध भएका कारण सञ्चार गर्न गाह्रो भएको बताइएको छ । स्वास्थ्य संस्था घटनास्थलबाट सात कोसभन्दा टाढा रहेकाले घाइतेको उपचार गर्न समस्या उत्पन्न भएको खबर प्राप्त भएको छ ।

अहिलेसम्म क्षतिको यकिन विवरण आउन सकेको छैन ।

घरमूली मोतीराम विष्टका श्रीमती बालकुमारी बस्नेतका अनुुसार रु पाँच लाखभन्दा बढीको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागीबाट घरभित्रका सबै सामान, अन्न, लत्ताकपडा, बाकसमा राखेको नगद एक लाखसहित घर पूर्णरुपमा क्षति भएको बताइएको छ ।

गएको ४ गते बेलुकी पौने ४ बजे घरमा कोही नभएको अवस्थामा बालबालिकाले खाना पकाइरहँदा आगलागी भएको हो । घटनास्थल सदरमुकाम खलङ्गाबाट तीन दिन टाढा भएको र टेलिफोन अवरुद्ध भएकाले खबर आज मात्रै प्राप्त भएको हो ।

घाइते हुनेमा वर्ष २७ का कालीबहादुर विष्ट, वर्ष ४६ का लालबहादुर विष्ट र घर धनी मोतीराम विष्ट हुनुहुन्छ । स्थानीय बासिन्दाको पहलमा आगो निभाएर मानवीय क्षतिबाट हुनबाट बचाइएको हो ।

प्रतिक्रिया