झापामा दुई किरियापुत्री एसएलसी दिँदै

इनेप्लिज २०७१ चैत ६ गते ११:०२ मा प्रकाशित

slcसुरुङ्गा (झापा), ६ चैत । झापाको शनिअर्जुन नगरपालिका–४ मा रहेको भानु उच्च माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट आज दुई जना किरियापुत्रीले परीक्षा दिएका छन् ।

शनिश्चरे उच्च माध्यमिक विद्यालयका विद्यार्थी राजु भुजेल र यमुना भुजेलले दोस्रो दिनको नेपाली विषयको परीक्षा दिएको केन्द्राध्यक्ष रुपक दाहालले जानकारी दिनुभयो ।

उनीहरु दिदीभाइ हुन् । परीक्षामा सामेल भएका राजुको सिम्बोल नम्बर ००४२२१ डब्लू र यमुनाको सिम्बोल नम्बर ००४२२८४ ‘एच’ रहेको केन्द्राध्यक्ष दाहालले जानकारी दिनुभयो । आमाको निधनपछि किरियापुत्रीका रुपमा उनीहरुले परीक्षा दिइरहेको बताइएको छ ।

प्रतिक्रिया