कृषकलाई पचास लाख अनुदान
बनेपा, ६ चैत । युवा लक्षित कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा विभिन्न शीर्षकमा दिइने अनुदानका लागि कृषक छनोट भएका छन् ।
विभिन्न शीर्षकमा प्रदान गर्ने अनुदानका लागि झण्डै ४०५ कृषकलाई छनोट गरेकोे जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका बाली विकास अधिकृत थर्कबहादुर जिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार च्याउ खेतीका लागि २०, व्यावसायिक तरकारी खेतीका लागि ६०, भकारो सुधारका लागि ३००, माछापालनका लागि २० र दनुवार समुदायका चार कृषकलाई अनुदानको रकम वितरण गर्ने निश्चित भएको छ ।
खेतीमा प्रतिकृषक रु ४० हजारका दरले, भकारो सुधारका लागि रु ५२ हजार, माछा पालनका लागि पोखरी खन्न रु १० हजार र अन्य शीर्षकमा रु ५० हजार अनुदान दिइने जिसीको भनाइ छ ।
“अनुदानको उद्देश्य युवाहरुको विदेश पलायन रोक्ने र बेरोजगार युवालाई रोजगारी दिलाउनु हो’ जिसीले भन्नुभयो । विभिन्न शीर्षकमा पाइने अनुदानका लागि झण्डै ८०० कृषकको आवेदन परेको थियो ।
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
मेरिल्याण्डका पूर्व प्रहरी प्रमुखलाई शृंखलाबद्ध रुपमा दर्जनौ घरमा आगजानी लगाएको आरोपमा पक्राउ
प्रतिक्रिया