संविधान बन्न किन कठिन …….. ज्योतिषीय एक विश्लेषण

इनेप्लिज २०७१ चैत ५ गते ७:५१ मा प्रकाशित

ज्यो. दीपक सुवेदी (1)

ज्योतिषीय दृष्टिमा कुनै पनि कार्यको सफलता, विफलता अर्थात साध्य, कठिनसाध्य र दुःसाध्य के हुन्छ भन्ने कुराको बारेमा सम्बन्धित कार्यको शुभारम्भ मुहूर्तको लग्न तथा ग्रहको स्थितिको अध्ययनबाट गरिन्छ । यहा“ शीर्षकले लक्षित गर्न खोजेको जस्तै संविधान बन्न किन कठिन परिरहेको छ ? भन्ने विषयमा पनि सोही सिद्धान्तानुसार विश्लेषण गर्न खोजिएको छ । यस स्तम्भकारले विगतमा पनि पहिलो संविधानसभाबाट निकास निकाल्न दलहरू असफल हुन्छन् भन्ने कुरालाई अन्नपूर्ण पोष्ट २०६९ पौष २८ मा लेखिसकेको छ । एवम् प्रकारबाट नेपाल समाचारपत्र २०६८ असार ९ मा पनि । त्यस्तै कान्तिपुर डायरी २०६५ जेठ ३१ मा गणतन्त्र नेपालको भविष्यको बारेमा ।
परिवर्तित राजनीतिक परिस्थितिको शुरुवातको मुहूर्तलाई लिनुपर्दा तत्कालिन विद्रोहीपक्ष र राज्यपक्षको शान्तिसम्झौताको मुहूर्तलाई लिनपर्ने हुन्छ, जहिलेबाट यी दुईशक्ति सार्वजनिकरूपमा परिपूरक बनेर नेपालको राज्यसत्ताको सेरोफेरोमा रहे र नया“ राजनीतिक रूपान्तरणको शुरुवात भयो । त्यस्तै पहिलो संविधानसभाको चुनावको मुहूर्तको बारेमा पनि यहा“ केही चर्चा गरिन्छ । गण्तन्त्र घोषणा र राष्ट्रपतिको राज्याभिषेक अर्थात शपथ कालको मुहूर्त पनि विचारणीय रहेको छ । दोस्रो संविधानसभाले के गर्छ भन्ने कुरामा दोस्रो संविधानसभाको पहिलो बैठक शुभारम्भ भएको मुहूर्तबाट केही दृष्टिकोण राखिने छ । ज्योतिषीय विश्लेषणमा मुहूर्तको नै विशेष विवेचना हुने गर्दछ ।
शान्ति सम्झौता २०६३ मंसिर ५ गते मिथुन लग्नमा भएको थियो । पहिलो संविधान सभाको चुनाब २८ चैत्र २०६४ मा र गणतन्त्र घोषणा २०६५ जेष्ठ १५ गते मकर लग्नमा भएको थियो । दोस्रो संविधानसभाको बैठकको शुभमुहूर्त विशेष गरी राजनैतिक अन्यौलता सृजना गर्नेमा यी चार समयका ग्रहको प्रभाव कारक भूमिकामा देखिएका छन् ।
शान्ति सम्झौता हु“दा चन्द्र, मंगल, बृहस्पति र शुक्र ग्रह अस्त थिए । पहिलो संविधान सभाको चुनाबको दिन उत्पात योग परेको थियो । त्यस्तै गणतन्त्र घोषणाको समयमा बुध र शुक्र ग्रह अस्त छन् । बृहस्पति र शुक्र मध्ये कुनै एक मात्रै ग्रह अस्त हु“दा पनि शुभ कार्य वर्जित हुन्छ । जुन कुरा हाम्रो समाजमा सामान्य नागरिकलाई पनि जानकारी भएको हुन्छ । देश, जनता र राज्यको भविष्यस“ग सरोकार राख्ने महत्त्वपूर्ण कार्य भएका थिए त्यस्तै कुकालमा । अझ शान्तिसम्झौता कालमा त वृहस्पति र शुक्रसहित चा–चारवटा ग्रह अस्त थिए । संविधान सभाको चुनाबको दिनको उत्पात योगको फल विपरित फलको प्राप्ति अथवा ईच्छित कार्यको प्राणनाश हो, जुन फल सतप्रतिशत मिलेरै छाड्यो । ज्योतिषीय दृष्टिबाट मनन् गर्दा यी महत्त्वपूर्ण दिनका ग्रहयोग नै नेपालको भविष्य अनिश्चित गराउन यो देशका नेताहरूलाई उद्यत गराईरहेको ज्योतिषीय एक्सरेबाट देखिन्छ ।
शान्ति सम्झौता समयको ग्रहको लग्न कुण्डली
शान्ति सम्झौताकालमा राज्येश बृहस्पति, धनेश चन्द्र, त्यस्तै नीति, ज्ञान, बुद्धि, व्यवस्था स्थानको अधिपति शुक्र, सुरक्षा–सेना कारक ग्रह मंगल अस्त हुनुले लामो समयसम्म देशलाई अनिर्णयको बन्दि बनायो । शान्तिप्रकृयाको नामबाट देशका मुख्य मुख्य कार्यहरू प्रभावित भए । नेताहरूमा कुबुद्धि पलाउने, प्रधानमन्त्री चयन तथा मन्त्रीमण्डल गठन गर्न विभिन्न बाधा अड्चन आउने, सभासद्हरू गैरकानूनी कार्यमा संलग्न हुने आदि आदि समस्या देखिइर≈यो । शान्तिसम्झौता पछिका दिनहरूमा बनेका सरकारहरूको निर्णयको मुहूर्त, संविधान सभाको चुनाबको दिन, गणतन्त्र घोषणाको मुहूर्त, राष्ट्रपतिको राज्याभिषेक आदिमा समेत यी ग्रहहरूको प्रभाव पर्यो । राज्यतहमा माथिल्लो स्थानमा रहने पार्टीका नेताहरूलाई यीनै अस्त ग्रहको कारणले निस्तेज बनाइरहेको छ । एक किसिमले भन्ने हो भने परिस्थिति तथा प्राप्त उपलब्धि निल्नु न उकेल्नु बन्दै छ राजनीतिक वृतलाई । १२ बुदे समझदारी, जनआन्दोलन तथा शान्तिसम्झौताका नायक गिरीजाप्रसाद कोइरालाको शान्तिसम्झौता टुङ्गोमा नपुग्दै र संविधान नबन्दै देहावसान हुनपुग्नुलाई समेत उपर्युक्त ग्रहको योगको फलस“ग जोड्न सकिन्छ ।
गणतन्त्त घोषणाको समयको ग्रहको लग्न कुण्डली
गणतन्त्र घोषणा कालमा राज्येश अथवा राज्यको प्रमुख स्थानको स्वामी ग्रह शुक्र अस्त हुनाको कारणले गणतन्त्रका प्रथम राष्ट्रपतिले विभिन्न खालका आरोप, आलोचना भोग्नु प¥यो । अझै पनि त्यस प्रकारका लक्षणहरूप्रतित भइरहेका छन् र अझैपनि यो ग्रहले समस्या दिइरहन सक्ने देखिन्छ भने भावि राष्ट्रपतिहरूलाई पनि यसको प्रभाव नपर्ला भन्न सकिन्न । ग्रहको अध्ययन गर्दा नराम्रा मात्र होइन केही राम्रो कुराहरू पनि देखिन्छन् तर यहा“ राम्रो त राम्रो नै छ नराम्रो के छ र त्यसको निराकरण कसरी गर्न सकिन्छ सोप्रति ध्यानाकर्षण गर्नु मनासिब हुने भएकोले कठिनाइका कारणहरूको बारेमा बढी चर्चा गरिएको छ ।
ज्योतिष विज्ञानले निर्देशन गरेको र सदियौदेखि समाजमा अवलम्वन हु“दै आएको वैज्ञानिक तथा व्यवहारिक उपदेशलाई वास्ता नगरेर उन्मादि शैलिमा देश र जनताको भविष्यमाथि खेल्वाड गर्ने दुष्साहसको प्रतिफल अहिले सबैले भोग्न परिरहेको छ । राज्यले संपादन गर्ने मुख्य–मुख्य कार्यहरूमा ज्योतिषविज्ञानले निर्देश गरेको पद्धतिलाई अवलम्वन गरेर जा“दा सबैलाई फाइदा नै हुने थियो । राज्यको जिम्मेवार निकायमा पुग्ने राजनैतिक पार्टीका नेताहरूलाई झन ज्योतिषीय मार्गनिर्देशनको बढीभन्दा बढी आवश्यकता पर्ने हुन्छ ।
दोस्रो संविधानसभाबाट पनि किन यति गाह्रो ?
यस पूर्व पनि मैले विभिन्न सञ्चारमा लेखिसकेको कुरा हो कि धर्मलाई सम्बोधन र राष्ट्रपतिको अनुमोदन नगरिकन÷नगरेसम्म यो दोस्रो संविधानसभालाई पनि शान्तिसम्झौताकालको तथा राष्ट्रपतिको राज्याभिषेकको मुहूर्तको दोष लाग्छ ।
अझै पनि नेपाली जनताको मनमा संविधान बन्ला कि नबन्ला भन्ने आशंका छन् । २०७० माघ ८ गते १५ः०० बजेको शुभसाईतमा दोस्रो संविधानसभाको पहिलो बैठकारम्भ भएको थियो । अघिल्लो दिन १५ः०० बजेकै सयमा सभासद्हरूले सपथ लिएका थिए । अलग–अलग दिन र नक्षत्रादि हु“दा पनि संयोगले यी दिनको लग्न भने एउटै पर्न आएको थियो ।
दोस्रो संविधानसभाको पहिलो बैठक आरम्भको लग्न कुण्डली
दोस्रो संविधान सभाको पहिलो बैठक आरम्भको समयमा मिथुन लग्न उदाइरहेको थियो । कुण्डलीमा ग्रहको अवस्था लग्नेश अष्टम्, लग्नमा रहेको केन्द्राधिपति गुरु, पञ्चम्मा ग्रहण योगमा शनि, द्वितीयेश चन्द्र र अकारक मङ्गलको चतुर्थमा युक्तिले केही पक्षहरू विचारणीय देखाएको थियो । लग्नेश र चतुर्थेश अष्टम, चतुर्थमा मारकेश र अकारक मङ्गलले आयु एवम् घरपरिवार (सदन र सभासद्) दुबैलाई प्रतिकूल वातावरण सृजना गर्ने सम्भावनालाई नकार्न नमिल्ने अवस्था देखिन्छ, जुन कुरा घटित भइनै रहेको छ ।
यसै ग्रहावस्थालाई दृष्टिगत गर्दै २०७० फागुन ११ गते कमान्डर पोष्ट दैनिकमा ‘संविधानसभालाई ज्योतिषीय मार्गदर्शन’ शीर्षकको मेरो लेख प्रकाशित भएको थियो जसलाई केही प्रिन्ट र अनलाईन मिडियाले पनि साभार गरेका थिए । र त्यस लेखमार्फत दिन खोजेको सन्देशका केही अंशहरू यहा“ उठाउनु सान्दर्भिक देखिन्छ –
१. सभासद्हरूमा उन्मादी शैली, काम–सल्लाहभन्दा कुरा र हल्ला बढी, ध्रुविकरण, महŒवाकाङ्क्षी हाउभाउ र हौंसिने–उल्किने प्रवृति देखिने, सदन र जनता दुबैमा भा“जो हाल्ने तŒव क्रियाशील हुनसक्नेलगायतका प्रतिकूल सम्भावनालाई ग्रहस्थितिले लक्षित गरेको छ । जनता र सदनभित्रका जनप्रतिनिधिहरू बीचमै पनि वितण्डा–बखेडा सृजना गराउने अदृष्य परचक्रीय तŒव सक्रिय नहोलान् भन्न सकिन्न । परचक्रीय एवम् अदृष्य दबाबपूर्ण मानसिक विचलन ल्याउन प्रेरित गर्ने सम्भावना छ संविधान सभालाई ।
२. मारकेश दशा चल्दैगरेकोले विभिन्नखालका बाधा अड्चनजन्य स्थिति, पार्टीहरू बीचमा भाइचाराको अभाव खट्किने, सभाले बुद्धिविवेक, नीति, व्यवस्था, वाकवृति, अनुशासनलाई सन्तुलनमा राख्न गा¥होपर्ने, स्वविवेक–स्वाभिलम्बी नभएर पराश्रित मानसिकताले स्थान पाउनसक्ने देखिन्छ । गम्भीरताको अभाव, जनहित, राष्ट्रहित, लोककल्याणप्रद उपलब्धि दिन कठिन हुनसक्ने सम्भावना देखिएको छ । एकातिर सभा र राजनीतिक दलका उच्च नेतृŒव तहलाई परतन्त्रको ईशाराले नचाउने, गुलामी प्रवृति बढ्ने र अर्कोतर्फ उन्मादी एवम् महŒवाकाङ्क्षा बढ्ने देखिएकाले नागरिक एवम् नागरिक समाज लगायतका सरोकारका पक्षहरूबाट खबरदारी हुन अनिवार्य हुनेछ ।
३. सभाले गर्ने निर्णय तथा बनाउने नीति–नियमको विधानले भावी पुस्ताको हितको पक्षमा सकारात्मक भूमिका निर्वाह गर्नसक्तैन कि भन्ने शंका देखिन्छ ।
४. साझा संविधान निर्माणको मानसिकतामा जान ग्रहले निर्देशन गरेको छ । राहुग्रहणमा भएपनि धर्मेश त्रिकोणस्थ उच्च र गुरु दृष्ट रहेकाले अन्ततोगŒवा स्वधर्मलाई सम्बोधन नगरी पारपाउन राजनीतिक क्षेत्रलाई गा¥हो पर्नेछ । (यहा“ निर स्वधर्मलाई सम्बोधन भन्नाले धर्मनिरपेक्षता हटाएर हिन्दू राष्ट्रलाई सम्बोधन गर्न भन्न खोजिएको हो) ।
५. शान्तिसम्झौता हु“दै पहिलो संविधानसभाको निर्वाचन, गणतन्त्रको घोषणालगायतका मुहूर्तको ग्रहस्थिति अनुकूल नभएको कारण दोस्रो संविधानसभासम्म आइपुग्न परेको हो । प्रतिकूल मुहूर्त तथा ग्रहस्थितिकै कारणले नै अहिलेको स्थिति र प्रतिफल आइरहेको हो ।
६. सोही (शान्तिसम्झौता लगायतका विशेष कार्य भएको समयको ग्रह) प्रभावले नै पहिलाको राजनैतिक संयन्त्र, प्रक्रिया, नीति, नियम, निर्णय, मान्यता अयोग्य भएर प्रधानन्यायाधिशको अध्यक्षतामा सरकार बनेर भएको निर्वाचनबाट जन्मेको राजनैतिक स्थिति तथा परिवर्तन हो यो । त्यसैले गर्दा यो संविधानसभालाई पहिलो संविधानसभाको अवशेषबाट अगाडि नबढाएर नया“ रूपबाटै नया“ स्थिति, शुरुवातको चरण, मान्यता र सो“चबाट अघि बढाउनुपर्छ र अघि बढेको मान्यता दिनुपर्छ ।
७. यो मामुली स्थिति नभएर देश तथा विश्वकै ईतिहासमा नया“ र महŒवपूर्ण ऐतिहासिक परिवर्तन एवम् नजिर भएकाले त्यो (नया“ रूपबाट अघि बढाउने) गर्नुनै उचित हुनेछ । यो अवस्थालाई नेपालको नया“ परिवर्तनको नाम दिनु, स्वीकार गर्नु, र नया“ तवरबाटै अघि बढाउनु उपयुक्त हुन्छ । पुरानोको आधार लिएर अगाडि बढाइयो भने तत्तत् समयको प्रतिकूल मुहूर्त तथा ग्रहस्थितिको कारण फेरि पनि निकास ननिस्कन सक्छ ।
८. प्रतिकूल मुहूर्त–ग्रहावस्थाको कारण सम्बन्धित राजनैतिक दलकालागि तत्कालीन निर्णय, व्यवस्था, मुद्धा, अभिशाप भइरहेको हो । राजनैतिक दलीय सरकारको बर्हिगमन भई प्रधानन्यायाधिशको अध्यक्षतामा सरकार बन्नुपर्ने सम्मको स्थिति आएको हो । प्रतिकूल मुहूर्तानुसार बनेको संविधानसभा र सरकार नै निकम्मा सावित हुनप¥यो भने सोही मुहूर्तको आधारमा स्थापित निकायबाट भएका निर्णयहरू पनि सफल हुनसक्तैनन् भन्ने निश्चित छ । सबै विषयको बारेमा यो नया“ संविधानसभामा पुनर्बहस तथा छलफल हुनु र आवश्यक निर्णयलाई यो संविधानसभाले अनुमोदन गर्ने तथा अनावश्यक देखेको विषयलाई अस्वीकृत गर्नु लोकतान्त्रिक विधि नै हुनेछ ।
९. जसानुसार मुहूर्त हेरेर राष्ट्रपतिको पुनर्निवाचन वा अहिलेकैलाई अनुमोदन, यसपूर्वको व्यवस्थापिका संसद् तथा संविधानसभाबाट भए–गरेका परिवर्तनस“ग जोडिएका निर्णयहरूलाई पुनः नया“ तरिकाबाट पुनर्जन्म र र्मुल्यांकन, अध्ययन तथा छलफल–बहस गरी नया“ शिराबाट निस्कर्षमा पुग्नु उपयुक्त हुन्छ । यसरी गर्दा पहिला भएगरेका निर्णय एवम् व्यवस्थाको समयको जुन मुहूर्तदोष देखिएको छ सो काटिन्छ ।
यस प्रकारले यस पूर्व नै मबाट फलादेश भइसकेको थियो । ग्रहको बाधाबन्धन अनुरूप आवश्यक उपाय नअपनाईदा फलादेशबमोजिमका घटनाक्रम घटित भइरहेको देखिन्छ । राष्ट्रपतिको पुर्नअनुमोदन र पहिलो संविधानसभाबाट गरिएका निर्णयको पुर्नवहस हुनु पर्नेमा सो नहुनु दोस्रो संविधानको लागि साढेसातीतुल्य भएको छ । दोस्रो संविधानसभाबाट पनि संविधान जारी हुन गाह्रो पर्नु उपर्युक्त कारणहरू विशेष रहेका हुन् ।
के संविधान आउ“दै आउ“दैन त ?
भलै यो स्तम्भकारको भविष्यवाणी अपुग सावित होस र नेपाली जनताले उत्कृष्ट संविधान पाउनसकून तर पनि एउटा ज्योतिषीको धर्मले मैले यहा“ भन्नै पर्ने हुन्छ कि माथि भनिए जस्तै शान्तिसम्झौता आदिका जुन मुहूर्त दोष देखिएको छ त्यसको निराकरण नगर्ने हो भने संविधान आउन कठिन हुनेछ, आइहालेपनि सर्वमान्य हुन कठिन पर्नेछ ।
प्रतिकूल अवस्थाहरू प्रसस्तै प्रतित भएपनि चन्द्रगुरुको केन्द्रताले बनाएको एकखालको गजकेशरी योग, लग्नेश हर्षल–उदय, नवमेश उच्चशनि पञ्चम, चन्द्रमा र गुरु भावकारक, पञ्चम् सप्तम् र नवौंमा गुरुदृष्टि भएकाले राष्ट्रवादी, स्वधर्मवादी चिन्तन, मनन्, भावना, धारणाबाट उत्प्रेरित प्रयत्नलेमात्र निकास निस्कन्छ भन्नसकिन्छ । महŒवाकाङ्क्षात्मक चेष्टा र पूज्यनीयता हासिल गराउने लग्नस्थ कर्मप्रधान गुरुग्रह भावकारक छ जसमार्फत ज्ञान–अध्यात्म, धर्मदर्शन तर्फबाट सतोत्प्रेरणा उद्बोधन भई सुरक्षित अवतरणको सम्भावना देखिएको पक्षलाई सकारात्मक मान्नसकिन्छ ।
ग्रहको स्थितिलाई हेर्दा धर्म–अध्यात्मजन्य ज्ञानविज्ञान र यसले दिनसक्ने अभ्युदय एवम् निश्रेयश (भौतिक र आध्यातिमक दुबै उन्नति समानान्तर रूपबाट गर्न सकिन्छ भन्ने सिद्धान्त) को कार्यक्रम, नीति, योजनालाई संविधानमा सम्बोधन गरेर जानु बुद्धिमानी हुने हो, जुन कार्यले नेपालको विश्वव्यापि महŒवलाई अझ बढाउ“दछ । ती कार्य आयुर्वेद, योग एवम् प्राकृतिक चिकित्सा, वेद–वेदान्त, वेदविज्ञान र आधुनिक विज्ञानबीचको तुलनात्मक एवम् प्रयोगात्मक अध्ययन तथा प्राज्ञिक कार्य, प्राचिन एवम् पौरुष्य दर्शन, कलासंस्कृति, मौलिकतालगायतका विषय पर्दछन् । जसबाट ठूलो उपलब्धि हातपार्न सकिने हुन्छ, तर बिडम्बना यी विषयमा सामान्य चर्चासम्म भएको पाईदैन, जुन हुन जरुरी छ ।
ज्ञानभूमि, सनातनभूमि, धर्मभूमि, तपोभूमि, देवभूमि, साधनाभूमि, अध्यात्मभूमि, बुद्धभूमि, श“कुभूमि, योगभूमि, शान्तिभूमि, गुरुभूमि आदि विशेषता र परिचयबाट विश्वमा चिनिदै आएको यो देशको वास्तविक मौलिकतालाई संविधानसभाले कतिसम्म मनन् गर्नसक्छ भन्ने पर्खाइ पनि छ । यिनै विषयमा ज्ञान हासिल गर्न, खोजी एवम् साधना गर्न विश्वबाट जिज्ञासु तथा साधकहरू यहा“ आउ“थे । ‘नेपाल लिड टु वल्र्ड’ अर्थात नेपालले विश्वलाई मार्गदर्शन गर्नुपर्छ, भन्ने महर्षि योगीको भनाइ यहा“ स्मरणीय हुन्छ । दोस्रो संविधानसभाको बैठकको शुभ मुहूर्तले पनि यसै प्रकारको भावलाई उत्प्रेरित गरेको थियो, तर बिडम्बना संविधानसभाको त्यस्तो चरित्र देख्न पाइएको छैन, चा“डो पाइयोस प्रार्थना छ ।
संविधान लेख्न पुगेका व्यक्तिहरूको बौद्धिक क्षमता कति छ ? प्रश्न चिह्न मै सिमित राखौं, उनीहरूले आफ्नो देशलाई कति बुझ्न सकेको छन् ? यही माटोबाट सञ्चालित छन् वा अन्यत्र कही“बाट त्यो पनि यहा“ सान्दर्भिक चर्चा नहोला । तथापि संविधानसभामा पुगेका व्यक्तिका बौद्धिकतालाई भन्दा पनि सभाको मर्यादालाई सम्मानपूर्वक एउटा ज्योतिषीको नाताले मार्गदर्शन गर्नुपर्दा – उपर्युक्त ज्ञानविज्ञानको खोज, अध्ययन, अनुसन्धान, प्रयोगादि प्राज्ञिक कार्यको लागि विश्वको गन्तव्य नेपाल बन्नसक्छ र बनाउनु पर्छ, त्यो नै असलीरूपमा राष्ट्रवादी कार्य हुनेछ । जसले नेपालले आफ्नो वास्तविक पहिचान र कर्तव्यलाई निर्वाह गर्नसक्नेछ । यो महŒवपूर्ण कार्यको द्वार उघार्ने ऐतिहासिक एवम् गौरवशाली अभिभारा यो संविधानसभालाई रहेको छ । यो कुराको बोध र हिम्मत गर्नसके नेपाल र नेपालीका लागि त्योभन्दा ठूलो उपलब्धि अरु के हुनसक्ला र † जुन कर्मबाट संविधानसभा च्युत नहोसभन्ने अपेक्षा सबै नेपाली नागरिकले गरेकाछन् । विशेष र असाधारण कार्य नगरी यो भूमिले आफ्नो परिचय, अस्मिता, पहिचान पुनर्जागृत गर्नसक्तैन तसर्थ यस्ता केही सद्महŒवाकाङ्क्षा राख्नु अस्वभाविक हुन्न पनि । ग्रहको निर्देशन, सम्भावना र उपलब्धिलाई मनन् गरेर अघि बढेमामात्रै उपर्युक्त केही प्रतिकूलताको बाबजुत पनि यो संविधानसभाले नेपाल र नेपालीको हितको पक्षमा संविधान दिनसक्ने कुरामा विश्वास गर्नसकिन्छ ।
यस प्रकारकै कार्यलाई सम्पादन गर्न जोड दिने ग्रह हो लग्नमा बसेको गुरु, तर लग्नेश चतुर्थेश अष्टम्मा हुनु र भग्येश शनि ग्रहणयोगमा हुनुले अदृष्य चलखेलले यस्ता अतिनै अमृततुल्य विषयमा प्रवेशको चेष्टा नदिने ठूलो सम्भावना छ र भइपनि रहेको त्यही नै छ ।
यो देशको मौलिकता, प्रकृति अनुकूलको विषयलाई महत्त्व दिन नसकेमा उपर्युक्त ग्रहको स्थितिमा गरिएको शान्तिसम्झौताका अग्रदलहरूको अस्तित्व नै अस्ताउनसक्ने देखिन्छ । अझ जुन ठूलो कित्तामा पुग्छ झन त्यही बढी कमजोर हुनपर्ने हुनेछ । सम्बन्धित दलका नेताहरूको ईज्जत प्रतिष्ठामा नै प्रश्नचि≈न आउने, नेताहरूको मन, बुद्धि, चेतना, विवेक नै अस्ताएर जानसक्ने देखिन्छ र व्यवहारमा पनि त्यस्तै देखिइरहेको छ ।
ग्रहको प्रभाव राज्यस“ग सम्बन्धित मामलामा झन विशेष देखिने हुन्छ, जसको उदाहरण वर्तमानमा नेपाल हो । ग्रहको नकारात्मक असरलाई बुझेर त्यसको निवारणको उपाय खोज्ने हो भने कुनैपनि समस्याको समाधान निकाल्न सकिन्छ ।
यस्तो ग्रह परिस्थितिको कारणले गर्दा राजनैतिक वृतले देश र जनताप्रति हात्ति आयो हात्ति आयो फुस्सा पार्नेबाहेक गतिलो कार्य गर्नसक्ने अपेक्षा कम गर्नुपर्छ । यस्तो स्थितिलाई बुझेर जनताले कुनै विशेष उपाय अवलम्बन गर्न सक्नुपर्छ अन्यथा नेपाल–नेपालीको भविष्य सा“च्चिकै अनिश्चित देखिन्छ । ( बकतचयमभभउबपनगचग२नmबष्।िअयm
(साभार ः इन्द्रेणी राष्ट्रिय साप्ताहिकको २६ औं वार्षिकोत्सव स्मारिका २०७१)

प्रतिक्रिया