सालको काठ बरामद
इनेप्लिज
२०७१ चैत ५ गते ४:३८ मा प्रकाशित
बेलौरी (कञ्चनपुर), ५ चैत । चुरे क्षेत्रबाट चोरी निकासी गरी भीमदत्तनगरको आरामिलतर्फ आइरहेको एक ट्रली सालको काठ गएराति बरामद गरिएको छ ।
नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान टोली महाकालीले भीमदत्त नगरपालिका– ३ तिलकपुरको नौलाखेतबाट से१त ६११९ नंको ट्र्याक्टरसहित काठ बरामद गरेको हो । अवैधरुपमा काठ चोरी निकासी गरिरहेकाले पक्राउ गरी जिल्ला वन कार्यालय बुझाइएको टोली प्रमुख प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार चुरे क्षेत्रमा अवैध रुपमा कटानी गरी भीमदत्तनगरका सःमिलमा आपूर्ति गर्ने उद्देश्यले सो काठ राति महेन्द्रनगरतर्फ ल्याइँदै गरेको थियो । जिल्ला वन कार्यालयका प्रमुख पशुपति कोइरालाले अवैध काठ कानुनअनुसार लिलाम गरिने बताउनुभयो ।
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
प्रतिक्रिया