नेपाली जग्गा कब्जा गर्ने भारतको नीति छैन्: भारतीय महावाणिज्यदूत

इनेप्लिज २०७१ चैत ४ गते १४:४४ मा प्रकाशित

anju ranjanगोलबजार (सिरहा), ४ चैत । भारतका महावाणिज्यदूत अन्जु रञ्जनले नेपाली जग्गा कब्जा गर्ने भारतको कुनै नीति नभएको बताउनुभएको छ ।

सिरहाको लहानमा आज आयोजित नेपाल भारत मैत्री सङ्घको पूर्वाञ्चल भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “भारतले नेपालको जग्गा कब्जा गर्ने गरेको भ्रम फैलाइएको छ । यो भ्रममा नपर्न मेरो आग्रह छ । भारत नेपालसँग मिलेर काम गर्न चाहन्छ ।”

कार्यक्रममा नेपाल भारत मैत्री सङ्घका महासचिव शेखर गिरीले आफ्नो फाइदा लिन नेताहरूले कहिलेकाँही भारतसँगको सम्बन्धमा चिसोपना ल्याउने गरेको धारणा राख्नु भयो ।

प्रतिक्रिया