बसको ठक्करबाट साइकल यात्रीको मृत्यु
वीरगन्ज (पर्सा), ४ चैत । वीरगन्ज–पथलैया सडकखण्डको नितनपुर चोकमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
वीरगन्जबाट हेटौँडातर्फ जाँदै गरेको ना४ख ७०९० नंको यात्रुवाहक बसले त्रिभुवन राजपथको नितनपुर चोकमा साइकल यात्रीलाई ठक्कर दिँदा पर्सा मनियारी गाविसका २५ वर्षीय राजकिशोर पटेलको घटनास्थलमा नै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । घटनापछि मृतकको शव परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विरोधमा मृतकका परिवार तथा स्थानीय बासिन्दाले नितनपुर चोकमा चक्काजामसमेत गरेका छन् ।
चक्काजाम तथा प्रदर्शनका कारण उक्त सडकखण्डमा सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोबिन्द कार्कीले जानकारी दिनुभयो ।
दुई वर्षको कानुनी लडाई पछि ट्रम्पको गोप्य कर विवरण जिल्ला अधिवक्ताको हातमा
लेडी गागाको कुकुर घुमाउनेको छातीमा गोली प्रहार गर्दै फ्रेन्च बुलडग नामक दुई कुकुर चोरी
ओहायोको बरफिलो तालमा खस्दा किशोरी र उद्धार गर्ने प्रहरी समेतको मृत्यु
अमेरिकाको आर्कन्सको एक घरमा ३ जनाको हत्या ,अपहरित बच्चा सुरक्षित फेला
न्यूयोर्क शहरमा नयाँ प्रजातिको कोरोना भाइरस फेला
प्रतिक्रिया