वोस्टन आईस्पटदवरा विराट आँखा अस्पताललाई सहयोग

इनेप्लिज २०७१ चैत ३ गते २०:५७ मा प्रकाशित

1503170411

अमेरिकाको वोस्टन स्थित आईस्पट आंखाको क्लिनकले केहि वर्ष देखि संचालन गरेको “गेट ए पेयर गीभ ए पेयर” (एकजोर किन्नु होस्, एकजोर अनुदान गर्नु होस्) कार्यक्रमको लागि आर्थिक सहयोग जुटाउन भर्खरै एउटा कार्यक्रमको आयोजना गरेको थियो।

चेस्टनट हिलमा रहेको उक्त क्लिनिकमा विक्रि भएका हरेक जोडी चश्मा वरावर विराट नगरको विराट आंखा अस्पताल लाई एकजोडी चश्मा अनुदानको रुपमा प्रदान गर्दै आईएको छ। विराटनगर निवासी अमेरिकामा अध्ययनरत शुषान्त वाग्लेको सक्रियतामा वोस्टनको वेथईजरायल अस्पतालका नेत्र विशेषज्ञ जोर्ज ओरोयो को नेतृत्वमा गत दुईवर्ष देखि संचालित उक्त कार्यक्रमले अहिले सम्म कैयौं जोर चश्मा विराट आंखा अस्पताललाई अनुदान गरिसकेको छ।

आर्थिक अवस्थाको कारणले आवश्यक चश्मा खरिद गर्न असमर्थ वालवालिकाहरुलाई नेत्र परिक्षण सेवा एवं चश्मा समेत आई स्पट क्लिनिकले निस्शुल्क वितरण पनि गर्दै आएको छ। यो सानो सहयोगले पनि वालवालिकाको आत्मविश्वास वढ्नुका साथै विद्यार्थी जीवन पनि सजिलो हुन सक्ने विश्वासले निशुल्क यो अभियान आरम्भ गरिएको कुरा ‘आईस्पट’ ले उल्लेख गरेको छ।

विराट अस्पतालको लागि थप आर्थिक अनुदानको उद्देश्यले चेस्टनट हिल स्थित ‘आईस्टप” कै भवनमा गरिएको रात्रीभोजमा स्थानिय चिकित्सकहरु, वुद्दिजिविहरु अनि नवगठीत विराटनगर अमेरिका संगठनका पदाधिकारीहरु सहितको उपस्थिति थियो। झन्डै पचासजनाको उपस्थिति रहेको उक्त रात्रिभोजमा उठेको रकमवाट पन्ध्रसय डलर विराटनगरको ‘विराट आंखा अस्पताल’लाई प्रदान गरिसकिएको थाहा भएको छ।

वोस्टनको चिसो सांझमा पनि मीठो खाना, कर्णप्रिय संगीत, र जानकारीमुलक वक्तव्यहरुले आईस्पट भित्रको जमघट न्यानो वनाएको थियो। नेत्र विषयक अत्याधुनिक उपकरण र प्रविधिले स्थानिय सेवा उपलव्ध गराउनुका साथै नेत्र र सम्पुर्ण स्वास्थ वारे चेतना जगाउने सेवालाई अन्तरराष्ट्रियरुपले विस्तार गर्ने उक्त कार्यक्रमको लक्ष रहेको कुरा ‘गेट ए पेयर गिभ ए पेयर’ का संयोजक डा जोर्ज ओरोयोले वताउनु भएको थियो। विराटनगरमा जन्मिएर स्कुलको शिक्षा पनि उहिं प्राप्त गरेका शुषान्त वाग्लेले विराटनगरमा विशेषगरी यसप्रकारका अनुदानको आवश्यकता र महत्व वारे प्रकाश पार्नु भएको थियो। हार्भर्ड मेडिकल कलेज अन्तर्गतको वेथ ईजरायलमा आफूसंगै कार्यरत डा शिवगौतम वाट धेरै सहयोग पाएको पनि डा ओरोयोले उल्लेख गर्नु भएको थियो। ‘गेट ए पेयर गिभ ए पेयर’ को उक्त कार्यक्रमद्वारा विराटनगर वरीपरीका धेरै केटाकेटीहरु लाभान्वित भैसकेको तथ्य पनि डा ओरोयोले वताउनु भयो। आफू पनि विराटनगरवासी नै भएकोले यो कार्यक्रमको हिस्सा हुन पाएकोमा डा गौतमले खुशी व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा हिमालयन विस्ट्रो एवं वृहत विराटनगर समाज न्युईंग्ल्यान्ड का अध्यक्ष जितेन्द्र श्रेष्ठ र साथीहरु किरण खड्का समेतको सौजन्यतामा प्राप्त मम, आलुको अचार, चिकेन, फ्रुट सलाद आदि नेपाली खाना सवैको आकर्षण भएको थियो।

कार्यक्रममा ‘साईलेन्ट अक्सन ‘ को पनिआयोजना गरिएको थियो।
निस्शुल्क खाना उपलव्ध गराउने वृहत विराटनगर नेपाली समाज प्रति आभार व्यक्त गर्दै डा. ओरोयोले यस प्रकारका कार्यक्रमहरु वेला वेला भईरहनु पर्ने आवश्यकता माथि पनि जोड दिनु भएको थियो।

150317041

प्रतिक्रिया