पानीकै अभावले शौचालय बनेन
मेलम्ची, ३ चैत । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ स्थित फटकशीला तीनघरेका प्रायः घरमा अहिलेसम्म शौचालय निर्माण भएको छैन । पानीको अभावकै कारण शौचालय बनाउन नसेकर तीनघरेवासी खुला दिसा गर्न बाध्य छन् ।
उनीहरुले पानीको मुहानबाट गाउँसम्म पानी ल्याउन कतैबाट पाइप उपलब्ध गराए मात्र शौचालय बनाउने बताएका छन् । खानेपानीकै अभाव भएकाले शौचालयका लागि पानीको व्यवस्था भइदिए आफूले छिट्टै शौचालय निर्माण गर्ने तीनघरेकी सिर्जना दनुवार बताउनुहुन्छ ।
तीनघरे गाँउमा पानीको चरम अभाव रहेको छ । यस गाउँका महिला खानेपानी लिन बिहान चार घण्टा समय छुट्याउने गर्दछन् ।
खानेपानीको सहज आपूर्ति भए सबै जना मिलेर घरैपिच्छे चर्पी बनाउने अभियानमा लाग्ने दनुवार बताउनुहुन्छ । तीनघरेमा रहेको २८३ घरधुरीमा टोलपिच्छे ५÷६ घरको फरकमा पक्की धारा बनाइएको छ । धाराको प्रयोग हुन नसक्दा जीर्ण बनेका छन् । पानी ल्याउन कम्तीमा दुई क्वाइल पाइप भए पुग्ने स्थानीय शक्ति दनुवार बताउनुहुन्छ ।
शौचालयको निरीक्षण गर्न तीनघरे पुगेका सञ्चारकर्मी र सामाजिक संस्थाका पदाधिकारीलाई उहाँले भन्नुभयो, “तपाईंहरु शौचालय बनाउनु भन्नुहुन्छ, हामीले पानी नभई कसरी शौचालय प्रयोग गर्ने ? पाइप दिएर गाउँमा पानीको व्यवस्था गरिदिए हामी सबैले चर्पी बनाउछौँ ।”
गाउँमा धेरै समय पहिलादेखि नै खानेपानीको समस्या सुरु भएको हो । पहिलेदेखि नै यहाँका बासिन्दाले खानेपानीको समस्या झेल्दै आएको सानो खड्गबहादुर दनुवार बताउनुहुन्छ । खानेपानीको सहज आपूर्तिका लागि स्थानीय जनताले अनेकौं प्रयास गरेपनि अझै सफल हुन सकेको छैन ।
तीनघरेको दुनवार बस्ती रहेको २७ घरधुरी खानेपानीकै कारण अन्तै बसाइँ सर्नुपर्ने बाध्यतामा छ । गाउँका रहेका धाराहरु प्रयोगविहीन भएकाले छिट्टै पानीको व्यवस्था गर्नुपर्ने गाउँवासीको माग छ ।
शौचालय निरीक्षणमा तीनघरे पुगेका सेवक नेपाल तथा जनहित ग्रामीण सेवा समितिका संयोजक राजेन्द्र शर्माले तीनघरेमा पानीकै समस्याका कारण चर्पी बन्न नसकेको बताउनुभयो ।
“खानेपानीसँग समन्वय गरेर भएपनि पाइपको बन्दोबस्त गर्ने सोचमा छौं,” संयोजक शर्माले भन्नुभयो– “पानीका लागि पाइप उपलब्ध नगराए शौचालय नबनाउने भनेकाले पाइपको व्यवस्था गरिदिने भएका छौँ ।”
उत्तर क्यारोलाइनाकी एक महिलाले कोरोना सहायता ऋणबाट गरगहना,हिरा र महङ्गा समान खरिद गर्दा अदालतमा
डिसीकी नगर प्रमुख म्युरिएल बाउजरकी दिदीको कोरोनाको जटिलताबाट निधन,मर्मस्पर्शी वक्तब्य
द्रुतगतिमा गाडी चलाएका टाइगर वुड्सको खुट्टामा फलामे डन्डी राखियो,वुडको स्वास्थ्यमा सुधार
जोन्सन एण्ड जोन्सनको कोभिड-१९ बिरुद्ध एकल खोपले गम्भीर कोरोनाको रोकथाम हुने : एफडिए
टाइगर वुडले द्रुतगतिमा गाडी चलाउदा दुर्घटना हुँदा बालबाल बचे ,दुवै खुट्टामा गम्भीर चोटपटक
प्रतिक्रिया