आत्मनिर्भर बन्दै अपाङ्गता वरण गरेकाहरु
पथरी (मोरङ), ३ चैत । ‘खुट्टा नभएर के भो त ? सपाङ्गभन्दा राम्रो तरिकाले व्यापार– व्यवसाय गरिरहेकै छु’–यो भनाइ उज्यालो हुन नपाउँदै मोरङको बबियाविर्ताबाट ह्विलचियरमा दौडदै सामान किन्न भारतको सीमा नाका जोगवनीतिर दौडिने सुरेन्द्र चौधरीको हो ।
सुरेन्द्र मात्र होइन, मोरङको थलाहा गाविसका शङ्कर पासवानको पनि कथा यस्तै छ । उहाँहरु भारतको जोगवनीमा गएर उपभोग्य सामग्री खरिद गर्नुहुन्छ र विराटनगर बजारमा सामान ल्याएर बिक्री गर्ने गर्नुहुन्छ । यसरी बिक्री गर्दा सुरेन्द्रले एकपटकमा पाँचदेखि ७०० रुपैयाँ फाइदा हुने गरेको बताउनुहुन्छ ।
सुरेन्द्र दिनको दुईपटक सामान ल्याएर बेच्ने गर्नुहुन्छ । त्यसैगरी शङ्कर दैनिक चारपटक सामान आयात गर्नुहुन्छ । उहाँले ७० वर्ष पुगेका आमा र ७७ वर्ष पुगेका बुबा र दुई छोराछोरीको समेत भरणपोषण शिक्षादीक्षा दिँदै आउनुभएको छ । शङ्कर भन्नुहुन्छ–“खुट्टा नभए पनि राम्रैसँग जिन्दगी बिताइरहेको छु ।” शङ्करका छोरा कक्षा ६ र छोरी कक्षा ७ मा थलाहाको जनता माध्यमिक विद्यालयमा पढ्दै आएका छन् ।
शङ्करका अनुसार बिहानदेखि बेलुका ७ बजेसम्म सामान ल्याएर बेच्दा दैनिक दुईदेखि तीन हजार रुपैयाँसम्मका कमाइ हुने गरेको छ । उहाँहरु त एउटा उदाहरणका पात्र मात्र हुनुहुन्छ । एउटै प्रकारको अपाङ्गता वरण गरेका थलाहाका रामकृष्ण पराजुली र बाबुराम चौधरीजस्ता अपाङ्गता वरण गरेको युवाको दिनचर्या यस्तै तरिकाले बित्ने गरेको छ । उहाँहरु सपाङ्गभन्दा कम छैनौ भनेर समाजमा उदाहरण नै बन्नु भएको छ ।
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
अमेरिकामा जन्मेकी प्राप्तिले अनलाइन मार्फत बालबालिकालाई नेपाली पढ्न र लेख्न सिकाउदै
सिडिसीले मतदान गर्दै जोन्सन एण्ड जोन्सनको खोप अमेरिकामा चलाउन सिफारिस
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
प्रतिक्रिया