पन्ध्र करोडको लागतमा अत्याधुनिक स्वर्गद्वारी घाट निर्माण हुने

इनेप्लिज २०७१ चैत ३ गते ३:४५ मा प्रकाशित

इनरुवा, ३ चैत । करिब १५ करोड रुपैयाँको लागतमा सुनसरी सदरमुकाम इनरुवामा जिल्लाकै अत्याधुनिक पूर्वाधारसहितको स्वर्गद्वारी घाट निर्माण हुने भएको छ ।

इनरुवा–६ स्थित रहेको सुनसरी खोला किनारमा स्वर्गद्वारी घाट निर्माण हुने सो घाटको सभासद् सीताराम मेहता र चन्दादाता रामबहादुर श्रेष्ठले संयुक्त रुपमा शिलान्यास गर्नु भयो ।

निर्माण समितिका अध्यक्ष पहलबहादुर कटुवालले आधुनिक शैलीको पूर्वाधारसहित ऐतिहासिक स्वर्गद्वारी घाट निर्माण हुने जानकारी दिनुभयो । घाट निर्माणका लागि इनरुवा नगरपालिकाले रु ३० लाख, स्वर्गद्वारी घाट सुनसरीका अध्यक्ष कटुवालले मुख्य गेट (प्रवेश द्वार) निर्माणका लागि रु १५ लाख, सभासद् मेहताले सभासद् कोषबाट रु सात लाख, स्थानीय समाजसेवी विष्णु खड्काले रु पाँच लाख, कुमारी मीरा पोखरेल अधिकारीले एक लाख ११ हजार १११ रुपैयाँलगायत अन्य दाताको सहयोगबाट घाट निर्माणका लागि हाल ६२ लाख ३२ हजार ६४५ रुपैयाँ सहयोग प्राप्त भई घाट निर्माण सुरु गरिएको समितिका सचिव जीवराज दाहालले बताउनुभयो ।

प्रतिक्रिया