नाजा द्वारा भेटघाट कार्यक्रम सम्पन्न
न्यूयार्के मार्च १६ कमिसन अन द स्टाटस अफ वुमन,सीएसडव्लयू को ५९ औ सभामा नेपालबाट भागलिन आएका महिला पत्रकारहरुसँग नेपाल अमेरिका पत्रकार संघ, नेजाले एक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । हिजो न्युयोर्क स्थित ज्याक्सन हाइएमा अवस्थित थकाली किचनमा आयोजित सो भेटघाटमा सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले सूचनाको हकको विषयमा आयोगले गरेका काम कारवाहीको विषयमा जानकारी गराउनु भएको थियो । आयुक्त तिम्सिनाले सुचनाको हक भ्रष्टाचारको विषयमा केन्द्रित भएर आफुहरुले काम गरिरहेको र यसमा जोखिम भएपनि काम गर्न कुनै पनि कसर वाँकी नराख्ने दावी गर्नुभयो । त्यसैगरि साथी नामक संस्थाका अध्यक्ष एवं नेपाल टेलिभिजनमा अग्रेजी समाचार वाचिका वन्दना राणाले अमेरिकामा रहेका नेपालीहरुको अवस्थाको वारेमा विभिन्न जिग्याँसा राख्नु भएको थियो । वर्षौसम्म पनि परिवारका सदस्यहरुमध्ये कोहि अमेरिका र कोहि नेपालमा वसेको देखेर आफुलाई दुख लागेको वताउनुभयो । घटना विचार साप्ताहिकका सम्पादक वविता वस्नेतले सीएसडव्ल्यूको कार्यक्रममा नेपालबाट आउदा आफुहरुलाई वास्ता नगरेकोमा यहाँको नेपाल मिसनप्रति गुनासो गर्नुभयो । उहाँले भन्नुभयो यस्तो महत्वपूर्ण कार्यक्रममा आएको वेला हामीलाई सामान्य रिसेप्सन पनि गरेन दुख लाग्यो । कार्यक्रममा नेपाल टेलिभिजनकै अर्की पत्रकार एवं समाचार वाचिका मनिषा घिमिरेले पत्रकारहरुको भूमिकाबाट आफुहरुले संविधान निर्माणको लागि धेरै दवाव दिएपनि उपलव्धि हात पार्न नसकेको ।
कार्यक्रममा नेजाका महासचिव भोला आचार्यले अमेरिकामा रहेका पत्रकारहरुको छाता संगठन नेजाले प्रवासमा रहेर आफुहरुले नेपाली पत्रकारिताको व्यवसायिकताको हकहितमा काम गरिरहेको वताउदै नेजाले नेपाल पत्रकार महासंघसँग मिलेर पत्रकारिता विभिन्न तालिम एवं आर्थिक सहयोग गरिरहेको वताउनुभयो । कार्यक्रममा नेजाका क्षेत्रिय उपाध्यक्ष संयोजक भुपेन्द्र थापा, सदस्य तेम्वादेष्वा हेल्मो, पूर्व अध्यक्ष एवं एभरेष्ट टाईम्सका प्रधानसम्पादक आडछिरिड शेर्पा, कान्तिपुरकर्मी दिनेशजंग शाह, पूर्व क्षेत्रिय उपाध्यक्ष एवं विश्व सन्देश साप्ताहिका प्रधान सम्पादक विजय पौडेल, पूर्व कोषाध्यक्ष गीता पन्त र पौरखीका निर्देशक विजया राई श्रेष्ठ सहभागि थिए ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया