बिहीबार, मंसिर १८ २०७७
काठमाडौं १६:३०
वासिङटन डिसी 05:45

नेपाल बैंकमा आगलागी

इनेप्लिज २०७१ चैत २ गते ९:१२ मा प्रकाशित

aaglagi1मेलम्ची, २ चैत । सिन्धुपाल्चोक जिल्लाको चौतारमा अवस्थित नेपाल बैंक चौतारा शाखामा आज बिहान आगलागी भएको छ ।

बैंकका कर्मचारी बस्ने कोठामा बिहान ग्यासको सिलिन्डर फेर्ने क्रममा रेगुलेटर मिलाउँदा ग्यास चुहावट भई आगलागी भएको हो ।

आगलागीबाट बैंकको फर्निचर, कार्पेट, झ्याल, ढोका गरी रु ५० हजार रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी निरीक्षक रुपक खड्काले बताउनुभयो ।

आगलागीले गर्दा आज नेपाल बैंकको काम ठप्प भएको छ । केहीबेरको आगलागी पछि नेपाल प्रहरी र नेपाली सेनाले उक्त आगो नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया