यार्सागुम्बाबाट बहत्तर लाख आम्दानी
म्याग्दी, २ चैत । मुदी गाविसमा बहुमूल्य यार्सागुम्बा बिक्रीबाट यस वर्ष रु ७२ लाख रुपैयाँ भित्रिएको छ ।
गाविसको उच्च हिमाली भेगमा पुगेर स्थानीयवासीले सङ्कलन गरेकोे यार्सागुम्बा निकासीबाट उक्त रकम गाउँमा भित्रिएको प्रथम धौलागिरि युवा क्लबका अध्यक्ष खिमबहादुर घर्तीले बताउनुभयो । अघिल्लो वर्ष एक करोडभन्दा बढी रकम आम्दानी भए पनि यस वर्ष मूल्य नपाएका कारण आम्दानी घटेको बताइएको छ । ‘‘सङ्कलन गरेको दुई महिनासम्म पर्खिंदासमेत राम्रो मूल्य पाएनाँै, प्रतिकिलो नौ लाखको दरले यार्सा निकासी भयो”, घर्तीले भन्नुभयो ।
गाउँमा क्लबको सक्रियतामा सङ्कलनकर्ताबाट एकमुष्ट रुपमा यार्सा निकासी गरिँदै आएको छ । यार्सासँगै अन्य जडीबुटीबाट समेत मुदीमा राम्रो आम्दानी हुने गरेको छ । धौलागिरि पदयात्राको प्रवेशद्वारका रुपमा रहेको मुदी गाविसमा जडीबुटी नै मुख्य आर्थिक स्रोतको आधार बनेको छ । यार्सागुम्बु पनि भनिने यो जडीबुटी यौनबद्र्धक मानिन्छ ।
जडीबुटीको खानीका रुपमा चिनिने मुदीमा बहुमूल्य यार्सागुम्बासँगै नीरमसी, पाँचऔँले, सतुवा, चिराइतो, टिमुर, सिल्टीमुरलगायत दर्जनभन्दा बढी जडीबुटी पाइने प्रथम धौलागिरि युवा क्लबका सहसचिव कुलबहादुर घर्ती मगरले बताउनुभयो । उच्च हिमाली क्षेत्र भएकाले बर्सेनि करोडको हाराहारीमा मुदीबाट जडीबुटी निकासी हुने बताइएको छ ।
यसबाट गाउँका स्थानीयवासीको आर्थिक समृद्धिमा टेवा पुगेको छ । जडीबुटी व्यवसायी गाउँमै पुग्ने भएकाले बजारको अभाव नभए पनि त्यहाँबाट व्यवस्थित तवरले जडीबुटी निकासी हुन सकेको छैन । हाल जडीबुटी सङ्कलनमा क्लबले सहजीकरण गर्दै आएको छ ।
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
मेरिल्याण्डका पूर्व प्रहरी प्रमुखलाई शृंखलाबद्ध रुपमा दर्जनौ घरमा आगजानी लगाएको आरोपमा पक्राउ
प्रतिक्रिया