मोटरसाइकलले ठक्कर दिँदा कारागारमा

इनेप्लिज २०७१ चैत २ गते ३:०९ मा प्रकाशित

jail-650x250कञ्चनपुर, २ चैत । चार वर्षअघि एक व्यक्तिलाई मोटरसाइकलले ठक्कर दिने दैजी–७ का २३ वर्षीय प्रेमसिंह धामी आइतबार कारागार चलान भएका छन् ।

अभियुक्त धामीले दैजी राजमार्ग क्षेत्रमा पैदल यात्रु नरपति भट्टलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो ।

मृतकका आफन्त रमेशप्रसाद भट्टले जिल्ला अदालत कञ्चनपुरमा दायर गरेको सवारी ज्यानसम्बन्धी मुद्दामा अदालतले धामीलाई विसं २०६९ मा एक महिना कैद र रु दुई हजार जरिवानाको फैसला गरे पनि कैद भुक्तान र जरिवाना नतिरेका कारण निजलाई पक्राउ गरिएको प्रहरीनायब निरीक्षक वीरेन्द्र जोहारीले बताउनुभयो ।

प्रतिक्रिया