खासामा चित्रकला

इनेप्लिज २०७१ चैत १ गते २:४८ मा प्रकाशित

indexकाठमाडौँ, १ चैत । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभासद् नगेन सिंह, वरिष्ठ अध्यागमन अधिकृत प्रल्हाद पोखरेल (अध्यागमन कार्यालय, तातोपानी) र नगेन आर्ट ग्यालरीका प्रबन्ध निर्देशक विश्वराज पौडेलसमेतको सहभागितामा गत फागुन अन्तिम साता चीनको खासामा कला यात्रा भ्रमण सम्पन्न भएको छ ।

शान्ति, पर्यटन र कला प्रवद्र्धनको आदर्शका साथ नेपालमा केन्द्रित कला क्षेत्रलाई विश्व सामु सर्वसाधारण वर्गमा पु¥याउने, नेपाली कला चिनाउने, कला विकास गर्न संसारभर पुग्ने र स्थलगत कला सिर्जना गर्ने उद्देश्यअनुरुप टोलीले चीनको खासास्थित विभिन्न व्यापारिक भवन, भिर, झर्नाका साथै प्राकृतिक, धार्मिक, सांस्कृतिक दृश्यको अवलोकन गदै चित्रकलाकृति सिर्जना ग¥यो ।
भ्रमण टोलीलाई अध्यागमन कार्यालय चीनका प्रमुख लियाङ भोगले स्वागत गर्नुभएको आर्ट ग्यालरीले जनाएको छ ।

प्रतिक्रिया