उपनिर्वाचनः पाँच हजार मतदाता वृद्धि
बलेवा (बागलुङ), १ चैत । यही चैत २८ गते हुने बागलुङ – १ को उपनिर्वाचनमा ५२ हजार मतदाताले मतदान गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगसमक्ष आफ्नो नाम दर्ता गराएका ५२ हजार २०२ ले मतदान गर्न पाउने भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार उपनिर्वाचनमा २८ हजार ४६० महिला र २३ हजार ७४२ पुरुष मतदाता छन् । गत सालको निर्वाचनमा ४७ हजार ८०० मतदाता थिए ।
संविधानसभाको गत साल मङ्सिर ४ मा भएको प्रत्यक्ष निर्वाचनबाट निर्वाचित सभासद् हरिबहादुर खड्काको सडक दुर्घटनामा परी निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । आयोगले उपनिर्वाचनलाई नमुना निर्वाचनका रुपमा सम्पन्न गर्ने उद्घोषका साथ विद्युतीय मतदानको तयारी गरिरहेको छ ।
निर्वाचन मिति तय गरिएपछि गत माघ २७ देखि फागुन १० गतेसम्म बागलुङ क्षेत्र नम्बर १ का १९ गाविस र नरपालिकाका ११ स्थानमा नामावली सङ्कलन तथा अध्यावधिक अभियान चलाइएको जिल्ला निर्वाचन अधिकृत टोलराज उपाध्यायले बताउनुभयो । उपाध्यायका अनुसार बागलुङ क्षेत्र नम्बर १ मा गत वर्ष भएको संविधानसभाको निर्वाचनमा मतदाता थिए ।
सबै गाविस र नगरपालिकाका ११ वडामा गरी ३५ स्थानमा ७० मतदान केन्द्र राखिने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद जोशीले जानकारी दिनुभयो । निर्वाचनका क्रममा सुरक्षाकर्मीबाहेक ४९० कर्मचारी परिचालन गरिने बताइएको छ ।
गत संविधानसभा निर्वाचन २०७० सालमा वितरित मतदाता परिचयपत्र हराएको वा च्यातिएको खण्डमा सरकारले आधिकारिक रुपमा जारी गरेको प्रमाणपत्र, नागरिकता तथा परिचयपत्र प्रयोग गर्न सकिने बताइएको छ ।
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
राजधानी मन्दिरमा नेपाली पण्डित मोतिलाल शर्माबाट— स्वस्थानीको सॉगे (भिडियोसहित)
अमेरिकाको मिसिगनमा १४ बर्षिय किशोरीले हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ
एफडिएले अमेरिकामा जोन्सन एण्ड जोन्सन सहित कूल तीन खोप बनाउने प्रतिष्ठानलाई आपतकालीन प्रयोग गर्न खोपको स्वीकृत
प्रतिक्रिया