एनआरएनए टेक्सासमा उत्तम लामिछाने साझा उम्मेदवार

इनेप्लिज २०७१ फागुन ३० गते ८:१६ मा प्रकाशित

Untitled-1

अन्तत: उत्तम लामिछाने NRNA-NCC, टेक्सास को अध्यक्ष पदका लागि उम्मेदवार हुन राजी हुनुभएको छ I ड्यालस फोर्टवर्थ क्षेत्रका मात्रको केहि लब्ध-प्रतिष्ठित व्यक्तित्वहरुको झन्डै दुई साता लामो प्रयासपछि उहाले आफ्नो स्वीकारोक्ति दिनु भएको हो I अत्यन्त सज्जन, समाज सेवामा सदैव अग्रसर र सबै तप्काका प्रिय उत्तम लामिछानेको उमेदवारी, NRNA कै लागि एउटा सार्थक कार्य हुनेछ भन्ने टेक्सासको नेपाली समाजका अगुवाहरुको साझा राय बन्दै गएको छ I लामिछानेको नेतृत्वमा सवै पक्ष समेटेको एउटा सक्षम समूह (प्यानल)लाई यसपाला टेक्ससको NRNAमा पठाउन यहाका प्रभावशाली व्यक्तिहरु सक्रिय रहेको जानकारी मिडियालाई प्राप्त भएको छ I

यसै बिच उत्तम लामिछानेले एक अपील मार्फत भन्नुभएको छ : “आदरणीय टेक्सासवासी आमाबुवा दाजुभाइ दिदीबहिनीहरु हाम्राअग्रजहरुले सुरु गरेका नेपाली मौलीकता, भाषा सस्कृतिको जगेर्ना गर्दै लान ,राजनीतिक पूर्वाग्रहबाट हाम्रो समाजलाइ मुक्त गरी निस्पक्ष ढंगबाट कार्य सम्पादन गर्नको साथै हामी टेक्सास बासी नेपालीको एकताको सन्देश फैलाउन तपाईहरु सम्पूर्णको साझा सहयोगको अपेक्षा गर्दै NRNA NCC State Co-ordinator पदको लागि उम्मेदवारको घोषणा गर्न गइरहेको कुरा अबगत गराउदै यहाहरुको सल्लाह सुझाबको अपेक्षा राख्दछु I
उत्तम लामिछाने “

प्रतिक्रिया