उर्लाबारीलाई प्लास्टिकमुक्त बनाउन अनुगमन

इनेप्लिज २०७१ फागुन ३० गते २:३१ मा प्रकाशित

Ban-Plastic-300x180उर्लाबारी, ३० फागुन । मोरङको उर्लाबारी नगरपालिकालाई प्लास्टिकमुक्त बनाउने अभियानअन्तर्गत शुक्रबार बजार अनुगमन गरिएको छ ।

अनुगमनमा प्रहरी, नगर प्रहरी, नगर अधिकृत, उर्लाबारी वाणिज्य सङ्घका प्रतिनिधि, आदिवासी जनजातिका प्रतिनिधि र सञ्चारकर्मीको टोलीले बजार अनुगमन गरेको हो ।

अनुगमनका क्रममा रु १५ हजार बराबरको कमसल प्लास्टिकका झोला बरामद गरिएको अनुगमनमा संलग्न नेपाल आदिवासी जनजाति महासङ्घ उर्लाबारीका उपाध्यक्ष पदम धिमालले जानकारी दिनुभयो ।

शुक्रबार हाट बजारको मौका पारी उर्लाबारी चोकदेखि निस्केको अनुगमन टोलीले हाटखोलामा साप्ताहिकरुपमा लाग्ने शुक्रबारे हाट बजारमा समेत छापा मारेको थियो ।

अनुगमनमा क्रममा वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष भरत भट्टराईले चैत १ गतेदेखि कमसल किसिमका प्लास्टिकका झोला बिक्री गर्ने व्यापारीलाई रु ५०० सम्म जरिवाना गरिने जानकारी गराउनुभयो ।

प्रतिक्रिया