बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं १७:१४
वासिङटन डिसी 07:29

बलात्कारीलाई कारबाहीको माग राख्दै प्रदर्शन

इनेप्लिज २०७१ फागुन २९ गते ८:३६ मा प्रकाशित

rally-agnist-rapist-2काठमाडौँ, २९ फागुन । बाराकी सात वर्षीया बालिका पूजा साहको बलात्कारका कारण मृत्यु भएको घटनाको विरोधमा अनेरास्ववियु (क्रान्तिकारी)को नेतृत्वमा बानेश्वर क्याम्पसका विद्यार्थीले आज प्रदर्शन गरेका छन् ।

शिक्षक, कर्मचारी, विद्यार्थीसहित क्याम्पसबाट निस्किएको जुलुस शान्तिनगर द्वार, मीनभवन हुँदै नयाँबानेश्वरस्थित संविधानसभा भवननजिकै पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभाका वक्ताले बारालगायतका देशका विभिन्न भागमा बलात्कारका घटना बढ्दै गए पनि सरकारले सुरक्षाको वातावरण बनाउन नसकेको भन्दै आक्रोश पोखेका थिए ।

दोेषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्तिको माग राख्दै प्रदर्शन आयोजना गरिएको अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य डिबी साउदले जानकारी दिनुभयो ।

प्रतिक्रिया