शनिबार, कार्तिक १५ २०७७
काठमाडौं ००:५९
वासिङटन डिसी 15:14

सरकारी वकिल कार्यालय भवन उद्घाटन

इनेप्लिज २०७१ फागुन २८ गते २:५७ मा प्रकाशित

300px-Banke_district_locationनेपालगन्ज, २८ फागुन । बाँके जिल्ला सरकारी वकिल कार्यालयको नवनिर्मित भवनको महान्यायाधिवक्ता बाबुराम कुँवरले बुधबार यहाँ एक समारोहबीच उद्घाटन गर्नुभयो ।

जिल्ला न्यायाधिवक्ता सुरेन्द्रजङ शाहीका अनुसार तीनतले सो भवन करिब रु एक करोड ७६ लाख लागतमा सम्पन्न भएको हो ।

नवनिर्मित कार्यालय भवनमा पीडित मैत्री कक्ष, बयान कक्ष, मुद्दा तथा अभिलेखालय र प्रशासनिक संयन्त्रको व्यवस्था गरिएको छ ।
सो समारोह नायब महान्यायाधिवक्ता ठोकप्रसाद शिवाकोटीको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया