विद्यालयका लागि आर्थिक सङ्कलन अभियान, ५५ लाख सहयोग प्राप्त
रत्ननगर (चितवन), २८ फागुन । दक्षिण चितवनको माडी नगरपालिकामा पर्ने दिवाकर स्मृति विद्यालयको शैक्षिक विकासका लागि रु एक करोड उठाउने गरी अभियानात्मक कार्यक्रम सञ्चालन गरिएको छ ।
उक्तः अभियानमा हिजोसम्ममा रु ५५ लाख सङ्कलन भएको विद्यालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
उक्त विद्यालयलाई नारायणगढका व्यवसायी बालगोपाल चुकेले रु ११ लाख ११ हजार प्रदान गरेको विद्यालयले जनाएको छ ।
हिजोसम्ममा १८६ जनाले सहयोग गरेको र उनीहरुबाट रु ५५ लाख रकम सङ्कलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमनाथ पाण्डेले जानकारी दिनुभयो ।
रु एक करोड सङ्कलन गरी विद्यार्थीलाई गुणस्तरीय प्राविधिक शिक्षा दिने लक्ष्य समितिले राखेको पाण्डेले बताउनुभयो ।
सोमेश्वर सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित सो विद्यालय माडी क्षेत्रकै नमुना रहेको र कक्षा २ देखि नै कम्प्युटर शिक्षा सञ्चालन गरिएको पाण्डेले बताउनुभयो ।
मङ्सिरदेखि ‘सहयोगी हात’ नामक अभियानमार्फत घरदैलो कार्यक्रम नै गरेर उक्त अभियान चलाएको हो ।
अहिले विद्यालयमा कक्षा ८ सम्म ४२५ जना अध्ययनरत छन् भने २० जना शिक्षक समितिबाट तलब दिएर अध्यापन गराउँदै आएको छ ।
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
प्रतिक्रिया