जल सम्पदामा स्वदेशी लगानीलाई प्राथमिकता दिनुपर्ने
काठमाडौँ, २८ फागुन । जल सम्पदाका क्षेत्रमा विदेशी लगानीका साथै स्वदेशी लगानीलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।
‘नेपालको जलस्रोतमा वैदेशिक लगानी र सरोकार’ विषयक हिजो यहाँ आयोजित कार्यक्रमका वक्ताले हरेक नेपालीले आफ्नो आम्दानीको पाँच प्रतिशत रकम विद्युत् उत्पादनमा लगाई स्वदेशी लगानी बढाउनुपर्ने बताएका छन् ।
प्राडा हरि पण्डितले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा जलविद्युत् निकाल्न सकिने ज्ञान र योजना रहेको र त्यसका लागि राज्यको इच्छा शक्ति हुनु जरुरी छ भन्नुभयो ।
कार्यक्रममा नेकपा–माओवादीका सचिव देव गुरुङ, नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, एमाओवादीका नेता लीलामणि पोखरेल र कर्णाली जलाधार संरक्षण समाजका अध्यक्ष लोकबहादुर रावतले जलस्रोतसम्बन्धी स्पष्ट नीति नभएका कारण विदेशी लगानी गर्दा ठगिनु परिरहेको बताउँदै यससम्बन्धी विस्तृत नीति र अनुगमन पद्धतिको आवश्यकता औँल्याउनुभयो ।
नेपालका विभिन्न नदीबाट ८३ हजार मेघावाट विद्युत् क्षमता रहेको छ । नेपालका लागि हाल एक हजार २०० मेघावाट विद्युत् आवश्यक भए पनि ७८० मेघावाट विद्युत् मात्र आपूर्ति भइरहेको छ ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया