बुधबार, कार्तिक ५ २०७७
काठमाडौं १३:००
वासिङटन डिसी 03:15

काठमाडौँ उपत्यका भित्र्याउन लागिएको मदिरा नष्ट

इनेप्लिज २०७१ फागुन २६ गते ८:४३ मा प्रकाशित

Madiraमेलम्ची, २६ फागुन । इलाका प्रहरी कार्यालय मेलम्चीले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाका विभिन्न स्थानबाट मदिरा बनाउन प्रयोग गरिने घरेलु मर्चा र घरेलु मदिरा बेवारिसे अवस्थामा बरामद गरेको छ ।

नियमित जाँचका क्रममा १२५ किलोग्राम घरेलु मर्चा र १२५ लिटर मदिरा बरामद गरी आज नष्ट गरिएको छ । सो मदिरा काठमाडौँ उपत्यका भित्र्याउन लागिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताउनुभयो ।

प्रतिक्रिया