हिमशिखर पत्रकारिता पुरस्कार ढकाललाई
इनेप्लिज
२०७१ फागुन २६ गते ४:३६ मा प्रकाशित
सुरुङ्गा (झापा), २६ फागुन । हिमशिखर पत्रकारिता पुरस्कारबाट पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकाल पुरस्कृत हुनुभएको छ ।
चार वर्षदेखि झापाको दमकबाट प्रसारण हुँदै आएको हिमशिखर टेलिभिजनले स्थापना गरेको उक्त पुरस्कारबाट ढकाल पुरस्कृत हुनुभएको हो । यसै वर्ष स्थापना गरिएको पुरस्कारको राशि रु २१ हजार १०१ रहेको छ ।
त्रिचालीस वर्षदेखि पत्रकारितामा क्रियाशील प्रधान सम्पादक ढकाललाई उद्योगमन्त्री महेश बस्नेतले सोमबार आयोजित कार्यक्रममा सो पुरस्कार प्रदान गर्नुभएको थियो । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्यसमेत रहनुभएका ढकाल नेपाल पत्रकार महासङ्घको केन्द्रीय पार्षद् हुनुहुन्छ ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया