रेलका पुराना सामान सङ्ग्रहालयमा राख्नुपर्ने माग

इनेप्लिज २०७१ फागुन २५ गते १३:५८ मा प्रकाशित

ooty 84जनकपुरधाम, २५ फागुन । असी वर्षको लामो इतिहास बोकेको जनकपुर र जयनगरबीच चल्ने रेलका पुराना इन्जिन, बोगीलगायतका सामान सङ्ग्रहालय बनाएर संरक्षण गर्नुपर्ने माग स्थानीय जनताले गरेका छन् । पूर्वी धनुषाको खजुरीमा ती सामान अहिले अलपत्र अवस्था रहेका छन् ।

इस्वी संवत् १९९० तिर भारतका तत्कालीन बेलायती सरकारले तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणालाई महोत्तरीको बिजलपुरा जङ्गलबाट काठ भारतको जयनगरसम्म ओसारपसार गर्न ती सामान प्रदान गरेको थियो । पछि उक्त रेल जनकपुरसम्म नियमित रुपमा सञ्चालन हँुदै आएको थियो ।

इस्वी संवत् १९२८, १९३२, १९६२ मा निर्मित सो रेलका इन्जिनको नाम पशुपति, चन्द्र, कृष्ण, महावीर, गोरखनाथ, श्रीविष्णु, रामजानकी रहेका थिए । खर्बौं रुपैयाँ मूल्यबराबरका ती सामानको संरक्षण नहँुदा खुल्ला अकाशमुनि रहेकाले घामपानीबाट सड्ने गरेका छन् ।
ती सामानलाई कवाडीमा बेच्नुभन्दा सङ्ग्रहालय राख्नुपर्ने खजुरीका मनोज यादवले सुझाव दिनुभएको छ । चार सिलिन्डरको कोइलाबाट चल्ने रेलका इन्जिनहरु विश्वमा कहीँ नभएर खजुरीमै रहेकाले यसलाई बनाउनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया