एक सय युवाले ६८ लाख कृषि अनुदान पाउने
बागलुङ, २५ फागुन । जिल्लामा व्यावसायिक कृषि उद्यममा लागेका एक सय युवाले ६८ लाख रुपैयाँ सरकारी अनुदान पाउने भएका छन् ।
कृषि उद्यममा लागेका र विदेशबाट फर्केका बेरोजगार युवाहरुले जिल्ला कृषि कार्यालयबाट व्यावसायिक तरकारीखेती, च्याउखेती र मौरीपालनको लागि अनुदान प्राप्त गर्नेछन् ।
तरकारी खेतीमा ६० जना तथा च्याउखेती र मौरीपालनमा २०/२० जना युवालाई अनुदानको लागि छनोट गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । तरकारीमा ६० जना युवाले ४० हजारका दरले रु २४ लाख र च्याउखेतीमा २० जना युवा कृषकले ४० हजारका दरले अनुदान पाउने वरिष्ठ कृषि विकास अधिकृत विनोद हमालले बताउनुभयो ।
कृषि उद्यममा लागेर स्वरोजगार बन्न चाहने १८ देखि ४५ वर्षका युवाले अनुदान पाउने उहाँले बताउनुभयो । सिताके च्याउका लागि सात र कन्ने च्याउको लागि १३ जनाले अनुदान पाएका हुन् ।
त्यस्तै मौरीपालनमा २० जना युवाले अनुदान प्राप्त गर्ने भएका छन् । रु एक लाख ८० हजारका दरले ३६ लाख मौरीपालनमा अनुदान जाने अधिकृत हमालले बताउनुभयो ।
अनुदानको लागि कोटा भन्दा दोब्वर निवेदन परेका जिल्ला कृषि कार्यालयले जनाएको छ । तरकारीखेतीका लागि १९१, मौरीपालनको लागि ९९ र च्याउ खेतीका लागि ३५ निवेदन परेको थियो । यस अघि देखि नै व्यावसायिक रुपमा तरकारीखेती गर्दैआएका, अनुभव भएका र विदेशबाट फर्केकालाई प्राथमिकता दिइएको जनाइएको छ ।
“एक वर्षमा पाँच रोपनी जग्गामा तरकारीखेती गरेका युवा कृषकले मात्र अनुदान पाउँछन्, हिउँदे र वर्षे दुवै याममा गरी पाँच÷पाँच रोपनीमा तरकारीबाली लगाउनैपर्छ” अधिकृत हमालले भन्नुभयो ।
त्यस्तै च्याउखेतीको लागि चार वटा प्लास्टिक घरमा व्यावसायिक च्याउखेती गरेका कृषकले मात्र अनुदान पाएका छन् । मौरीपालनको लागि कम्तीमा पनि २० घार मौरीपालन गर्ने कृषकलाई अनुदान दिइएको जनाइएको छ ।
कार्यालयले तरकारी र मौरीपालनको लागि रु २०/२० हजार गरी पहिलो र दोस्रो किस्तामा अनुदान रकम दिने भएको छ । कृषकले तरकारीमा पहिलोचरणमा पाँच रोपनीमा हिउँदेबाली लगाएपछि रु २० हजार र दोस्रो वर्षेबाली पाँच रोपनीमा लगाएपछि मात्र पूरा अनुदान प्राप्त गर्ने छन् ।
त्यस्तै च्याउ उत्पादन हुन थालेपछि अनुदान दिइने कार्यालयका कृषिप्रसार अधिकृत विप्लबप्रसाद अधिकारीले बताउनुभयो । मौरीपालक कृषकलाई पनि सोही अनुसार किस्ता–किस्तामा अनुदान रकम दिइने उहाँको भनाइ छ ।
अनुदानको लागि व्यक्ति, समूह र सहकारी पनि छनोट भएका छन् । युवाले चलाएका केही कृषि सहकारी र कृषि समूह समेत तरकारीखेती कार्यक्रमका लागि छानिएका छन् । अनुदानका लागि छनोट भएका कृषकलाई विभिन्न चरणमा गरेर तरकारीखेती, च्याउखेती र मौरीपालन सम्बन्धी तालिम कृषि कार्यालयले दिइरहेको छ ।
कृषिमा युवालाई लक्ष्य गरी कार्यक्रम आएपछि गाउँ–गाउँका युवा उत्साहित बनेका छन् । कार्यक्रमले विशेष गरी ग्रामीण क्षेत्रका युवा कृषकलाई प्राथमिकता दिएको छ । एकै वर्षमा १०० युवा कृषि उद्यममा लाग्दा यहाँको कृषि व्यवसाय फस्टाउने विश्वास गरिएको छ ।
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया