चितवनमा बाली बिमा सुरु
रत्ननगर (चितवन), २५ फागुन । चितवनमा पहिलो पटक किसानले बाली बिमा गर्न थालेका छन् ।
यो वर्षबाट किसानले विमान गर्न थालेको जिल्ला कृषि विकास कार्यालय चितवनले जानकारी दिएको छ । कार्यालयका बागबानी विकास अधिकृत धनबहादुर थापाले अहिलेसम्म जिल्लाका २५ जना किसानले बिमा गरेको जानकारी दिनुभयो ।
उनीहरु सबै केरा किसान रहेको र अन्यले पनि बिमाका लागि जानकारी लिने क्रम बढिरहेको उहाँले बताउनुभयो । सरकारले बिमामा भारी रकम छुट दिने व्यवस्था गरेपछि किसानले कृषि बिमा सुरु गरेका हुन् ।
स्थानिय केरा किसान यज्ञ सुवेदीले दुई बिघाहाको बिमा गर्ने प्रक्रियामा रहेको बताउनुभयो । अन्य केरा व्यवसायीले १० बिघाहासम्मको बिमा गरिसकेको सुवेदीको भनाई छ । अहिलेसम्म करिब रु दुई करोडको केराको बिमा भइसकेको बताइएको छ ।
चितवनमा ५०० केरा किसान छन् । मुख्यगरी अघिल्ला वर्षमा हावाहुरीका कारण करोडौँंको केरा क्षति भएपछि किसान बिमातर्फ आकर्षित भएका हुन् । सरकारले कृषि बिमा गर्न चाहने किसानका लागि अघिल्लो वर्ष कुल बिमाको ५ प्रतिशत प्रिमियम शुल्कमा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको थियो ।
यो वर्ष बढाएर ७५ प्रतिशत पुर्याइएको र त्यसमा पनि समूह या सहकारीमार्फत बिमा गरिए प्रिमियम शुल्कमा १५ प्रतिशत कमिशनबापत छुटको व्यवस्था गरेको छ ।
यस वर्ष कृषिमा बजेट बढेको र अनुदानका कार्यक्रम पनि बढेकाले किसानलाई सचेत हुन कृषि कार्यालयले आग्रह गरेको छ । बिमाले क्षति न्यूनीकरणका लागि सहयोग पुग्ने विश्वास गरिएको छ ।
यस वर्ष चितवनको कृषि कार्यालयमा ७९ प्रतिशतले बजेट वृद्धि भएपछि कार्यालयले जिल्लाबाटै विभिन्न कार्यक्रम समेत सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ ।
टेक्ससको ड्यालसको फोर्टओर्थमा गोलीबारी चल्दा ६ जना घाइते
न्यूयोर्क राज्य विधानसभा सदस्य मा. जेनिफर राजकुमारसंग फिफ्नाको भेटघाट
राजधानी मन्दिरमा नेपाली नयाँ बर्ष २०७८ को कार्यक्रम हुने
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट ८१,७६९ संक्रमित,९५६ जनाको मृत्यु
न्यूयोर्कमा सिटी काउन्सिल जिल्ला २५ का उम्मेदवार यी(एन्डी)चेनको समर्थनमा कार्यक्रम हुने
प्रतिक्रिया