जङ्गली कुकुरले २० भन्दा बढी खसी बाख्रा मारे
गौशाला, २५ फागुन । महोत्तरीको मनरा गाविसमा जङ्गली कुकुरको एक समूहले स्थानीय २० भन्दा बढी खसी बाख्रा मारेका छन् ।
दश÷बाह्र वटाको समूहमा आएको ती कुकुरले मनराको वडा नम्बर ५, ६, ७ र ८ का २० भन्दा बढी खसीबाख्रा तथा पाठापाठी मारेको स्थानीय रवीन्द्र भगतले बताउनुभयो ।
यसअघि कहिले पनि नदेखिएको लामालामा खुट्टा, ठूलो कान र तीन फिटभन्दा बढी उचाइ भएको ती कुकुरको समूह तीन÷चार दिनदेखि मनरामा देखा परेको र खेतबारीमा चरिचरनका लागि गएका सो सङ्ख्याका खसीबाख्रा तथा पाठापाठीलाई मारेको स्थानीय रामबाबु साहले बताउनुभयो ।
घर वरिपरि बाँधेको वा खेतबारीमा चरिचरणका लागि लगिएको खसीबाख्रा तथा पाठापाठीको छेउछाउमा कुनै मानिस नभएको देख्ने बित्तिकै कुकुरले आक्रमण गरी मार्ने गरेको स्थानीय राधेश्याम साहले बताउनुभयो ।
ती जङ्गली कुकुरको समूहले मनरामा खसीबाख्रा मारेर आतङ्क मच्चाएको छ भने बाटोघाटो हिँड्दै गरेका स–साना बालबालिकालाई पनि लखेट्ने गरेको स्थानीयले बताएका छन् ।
तीन÷चार दिनदेखि देखा परेका ती कुकुरलाई स्थानीयले समूह बनाएर धपाउने गरे पनि पुनः आउने गरेका कारण मनरावासीको टाउको दुखाइ बन्दै गएको उनीहरु बताउँछन् ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
सेक्स गर्दैमा बिहे गर्नै पर्छ र ?
एन्काको नया बर्ष र साधारण सभा सम्पन्न
भर्जिनीयामा एनआरएनए अध्यक्ष पदका उमेदवार बुद्धीसागर सुबेदी र समुहसंग अन्तरक्रिया कार्यक्रम हुने
नेपाली समुदायद्वारा सिटी काउन्सिल डिस्ट्रिक्ट २५ का उम्मेदवार यि (एन्डी )चेनका लागि समर्थन कार्यक्रम सम्पन्न
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
प्रतिक्रिया