स्वाइन फ्लु नियन्त्रणका लागि ‘माक्स’ वितरण अभियान सुरु
काठमाडौँ, २५ फागुन । स्वाइन फ्लुको सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले अनेरास्ववियु जिल्ला कमिटी काठमाडौँले आजबाट ‘माक्स’ वितरण अभियान सुरु गरेको छ ।
स्वाइन फ्लुबाट हुनसक्ने जोखिम र त्यसबाट बच्न जनतामा सचेतना जगाउने उद्देश्यले पहिलो चरणमा पाँच हजार माक्स वितरण गरिने अनेरास्ववियुले जनाएको छ ।
प्रत्येक क्याम्पसमा गएर माक्स वितरण गरिने अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले जानकारी दिनुभयो ।
प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस अगाडि बिहान माक्स वितरणको उद्घाटन गर्दै अनेरास्ववियुका अध्यक्ष किशोर मल्लले स्वाइन फ्लुको सङ्क्रमणबाट बच्न जनतामा चेतना जगाउनका लागि कार्यक्रम उपयोगी हुने बताउनुभयो ।
उहाँले यस्ताखाले जोखिमपूर्ण रोगको निवारणका लागि सरकारले ठाउँठाउँमा स्वास्थ्य क्लिनिक सञ्चालन गरी विशेष सचेतनात्मक कार्यक्रम लैजान जरुरी भएको खाँचो औँल्याउनुभयो ।
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
प्रतिक्रिया